Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सन्चालन गर्न उपभोक्ता समिति

माईजोगमाईमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सन्चालन गर्न उपभोक्ता समिति

  • राेशन काफ्ले
  • सोमबार, जेष्ठ १२ २०७७


माईजोगमाईमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सन्चालन गर्न उपभोक्ता समिति

नयाँबजार । माईजोगमाई गाउँपालिका ३ न वडामा आज आर्थिक बर्ष २०७६/०७७ को प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सन्चालन गर्न टेकबहादुर कठेतको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिती गठन गरिएको छ । समितिको सचिबमा मन बहादुर तामाङ्ग कोषाध्यक्षमा दिलमाया प्रधान सदस्यहरुमा गोमादेबी रिमाल, गङ्गा राई, धन बहादुर तामाङ्ग र खिनामाया भण्डारी रहेका छन् । प्रधानमन्त्री स्वरोजगार अन्तर्गत वडा नं ३ का लागि २७ लाख ८९ हजार बिनियोजन भएको ३ नम्बर वडाकी महिला जनप्रतिनिधी सकुन्तला पौडेलले जानकारी दिइन् ।
उक्त रकम नामसालिङको टारी देखि शुक्रबारे गडेरे हुँदै सोयाङ सम्म बाटो निर्माण तथा सोलिङमा लगाईने बताइएको छ । सो कामका लागि दैनिक ६०० हाजिरा मा १५ कर काटेर ५९४ रुपैया प्रदान गरिने पौडेलले जानकारी दिइन् । साथै उक्त प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पदम बहादुर तामाङको संयोजकत्वमा २ सदस्यीय अनुगमन समिति समेत गठन गरिएको छ । कोरोनाले पुरै बिश्वनै आर्थिक मन्दिको चपेटामा गुज्रिरहेको बेला उक्त रकमले धेरैले रोजगार पाउनेमा अनि कार्यक्रम सफल हुने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार