इलाम । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई’ लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गरेकी छन् । अर्याल शनिवार बिहान खनाल निवास डल्लुमा पुगेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा खनाललाई प्रदान गरेकी हुन् । सो अवसरमा पूर्वप्रधानमन्त्री खनालले नक्सा तयार पार्न खटिएका मन्त्री सहित मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद समेत दिएका थिए ।
