एजेन्सी । कोरोना भाइरसको महामारीको बिचमा राष्ट्रिय लिग सुरु गर्ने कोस्टारिका पहिलो ल्याटिन अमेरिकी मुलुक बनेको छ । खाली रंगशालामा अतिरिक्त खेलाडीहरु सहित लिगा एफपिडी पुनः सुचारु भएको हो । कोस्टारिकामा मार्च ६ मा पहिलो पटक संक्रमण देखिएको थियो । त्यसको ९ दिनपछि सन २०२० को लिग १५ औ चरणको खेलपछि स्थगित भएको थियो । पुन सुचारु भएको लिगको पहिलो खेलमा गुवाडालुपेले लिमोनलाई १–० ले हरायो । गुवाडालुपेको जितमा ९ औ मिनेटमा अर्टुरो क्याम्पोसले गोल गरेका थिए । ‘ फेरी खेल्न गाह्रो छ । हामी असहज महसुुस गरिरहेका छौ । तर खेलमा फर्कदा खुशी छौ ।’ गोल स्कोरर क्याम्पसोले भने ।
लिगको १६ औ चरणको पहिलो दिन ३ खेलहरु सम्पन्न भएका थिए । जसमा कार्टाहिनेसलाई अलाजुलेन्सलाई २–० ले हरायो । त्यसैगरी म्युनिसिपल ग्रेसियाले पेरेज जेलेडनलाई १–० ले हरायो । दोेश्रो दिनको खेलमा सान्तोष डे गुप्लेसले ला यु युनिर्भसिटेरियोलाई ३–१ ले हरायो । त्यस्तै जिक्रालले सान कार्लोसलाई र लिग लिडर डेपोटिभो साप्रिसाले हेरेडियानोलाई समान १–० ले हरायो । नेपाली समय अनुसार मे २४ तारिकबाट लिगको १७ औ चरणको खेलहरु सुरु हुनेछन् । लिगा एफपिडीमा १२ टोलीबिच कडा स्वास्थ्य प्रोटोकलका बिचबाट मे १५ तारिकबाट प्रशिक्षण सुरु भएको थियो ।
कोरोनापछि सुचारु भएको लिगमा केही नियमहरु परिमार्जन भएका छन् । जुन जर्मन बुन्डेसलिगासँग मिल्दोजुल्दो छ । नयाँ निमय अनुसार गोलको खुशीयालीमा एक अर्काबिच अंकमाल गर्न प्रतिबन्ध लगाइएको छ । प्रशिक्षक, अतिरिक्त खेलाडी र कोचिङ स्टाफले बेञ्चबाट सामाजिक दुरी कामय गरेर माक्स लगाएर बस्नुपर्नेछ । यदपी कहिलेकाँही प्रशिक्षकहरुले खेलाडीलाई निर्देशन दिनका लागि माक्स हटाउथे । फिफाको आधिकारीक निर्णयपछि प्रत्येक टोलीले ५ खेलाडी परिर्वतन गर्न पाउने भएका छन् । र रंगशाला प्रवेश गर्ने सवैले नेशनल युनियन अफ क्लब अफ फस्र्ट डिभिजन (अनफुट) र कोस्टारिकन फुटबल महासंघ (फेडफुटबोल) को प्रोटोकलको रुपमा शारिरिक तापक्रम जाँच गरिएको थियो ।
फिफाको नयाँ प्रोटोकल अनुसार खेलाडीहरुलाई मैदानमा अंकमाल गर्न र थुक्न मनाही गरिएको छ । म्याच बल खेल सुरु हुनुभन्दा अघि र मध्यान्तरमा सेनिटाइज गरिएको हुनुपर्ने छ । कोरोना भाइरसको महामारीपछि विश्वभरका खेलकुदका गतिविधीहरु झन्डै २ महिना ठप्प भएपछि पुन ः सुचारु हुने तरखरमा रहेका छन् । भरखरै जर्मन बुन्डेसलिगा पुन ः सुचारु हुने पहिलो उच्च प्रोफाइलको प्रतियोगिता बनेको छ । २९ फेब्रुअरीबाट सुरु हुनुपर्ने ३८ औ संस्करणको दक्षिण कोरियाको के लिग ८ मार्चबाट सुरु भएको छ । यस बिचमा ला लिगा, प्रिमियर लिगका साथै इटालियन सिरिएका फुटबल सत्रहरु फेरि कसरी सुरु गर्ने भन्ने बारेमा छलफलमा छन् । देशहरुले विस्तारै खेलाडीहरुलाई प्रशिक्षणमा फर्कन अनुमति दिएका छन् । जसकारण उनीहरु फुटबल सत्र संचालनको प्रतिक्षामा छन् । सम्भवत आगामी जुन देखि रोकिए उच्च स्तरका लिग फुटबलहरु सुरु हुनेछन् ।
हालसम्म कोस्टारिकामा कोरोनाको ८९७ वटा संक्रमणको घटना देखिएको छ । जसमा १० जनाको ज्यान गएको छ भने ५८२ जना उपचारपछि घर फर्किएका छन् । कोरोनाका कारण अहिले विश्वभर करिव ४८ लाख मानिसहरु संक्रमित भएका छन् । ३ लाख भन्दा बढिले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।
Volvió el fútbol en Costa Rica.
Guadalupe venció 1-0 a Limón en el reinicio del Torneo de Apertura. Es el primer partido en América, tras la paro de las ligas por la pandemia del covid-19. Fotos: Guadalupe pic.twitter.com/ZCPn9EFqDF— JuanDiegoVillarreal (@JuanDiegoVilla) May 20, 2020