Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रदेश सांसद लङ्वाको निर्वाचन क्षेत्रको योजना अनुगमन

प्रदेश सांसद लङ्वाको निर्वाचन क्षेत्रको योजना अनुगमन

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ ७ २०७७


प्रदेश सांसद लङ्वाको निर्वाचन क्षेत्रको योजना अनुगमन

फिक्कल । प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बुको निर्वाचन क्षेत्र इलाम क्षेत्र नं १ को क मा भएको ४ वटा योजनाको आज अनुगमन गरिएको छ । सांसद लङ्वा, सूर्योदय नगरपालिका–१० मा रहेका याेजना वडाध्यक्ष पेमा उगेन लामा र कार्यपालिका सदस्य सोनाम लामा सहितको टोलीले कार्य प्रगतिकाे अनुगमन गरेको हो । प्रदेश सरकार मातहतको सहरी विकास कार्यालय इलामबाट १५ लाखको लागतमा निर्माण हुँदै गरेको गुम्वापथ–याङ– जुरेभञ्ज्याङ जोडने सडक स्तरोन्नती, स्वामी पार्कका १० लाख रुपैयाको लागत निर्माण सुरु भएको ४ वटा गोलघरको अनुगमन गरिएको थियो ।
त्यसैगरी पर्यटन मन्त्रालय मातहत १० लाख रुपैयाको लागतमा स्वामी पार्कमा नै निर्माण हुँदै गरेको ड्याम र मुख्यमन्त्री सडक अन्र्तगत गुम्बापथ–आरुबोटे, हात्तीटार–नामसालिङ–इलाम बजारको सडक स्तरोन्नतीको अनुगमन भएको सांसद लङ्वाले जानकारी दिइन् । योजनाहरुको काम अपेक्षा अनुरुप नै पाइएको उनले बताइन् । मुख्यमन्त्री सडक प्रदेश सरकारको ८७ लाख र स्थानिय सरकारको २० प्रतिशतबाट हुन आउने रकम २१ लाख ७५ हजार गरी कुल १ करोड ८ लाख ७५ हजारबाट सुरु भएको हो । बहुबर्षे याेजनाकाे यस बर्ष सूर्योदय नगरपालिका क्षेत्रमा काम हुँदै गरेको लङ्वाले जानकारी दिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार