इलाम । नेपाल कम्युनिष्ट पार्टीको दोश्रो स्थापना दिवसको अवसरमा पुर्व प्रधानमन्त्री झलनाथ खनालले तत्कालिन पार्टी महासचिव मदन भण्डारी र संगठक जीवराज आश्रितलाई सम्झिएका छन् । प्रेस विज्ञप्ती जारी गर्दै खनालले जारी गरेको विज्ञप्तीमा भनिएको छ । ‘आज २०७७ जेठ ३ गते एक ऐतिहासिक दिन । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को दोस्रो स्थापना दिवसको दिन हो । साथै तत्कालीन पार्टी महासचिव जननेता कमरेड मदन भण्डारी र कुशल संगठक कमरेड जीबराज आश्रितको २७ औं मदन आश्रित स्मृति दिवसको दिन पनि हो । यस ऐतिहासिक दिनका अवसरमा म सर्बप्रथम वहाँहरुप्रति हार्दिक श्रद्धासुमन ब्यक्त गर्दछु । साथै कम्युनिष्ट आन्दोलनलाई आजको उचाईसम्म ल्याइपुर्याउन जीवन बलिदान गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात महान् सहिदहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु ।’
आजसम्मको ७१ बर्षे कम्युनिष्ट आन्दोलनलाई हेर्दा नेपाली समाजले ऐतिहासिक उपलब्धीहरु हासिल गरेको उल्लेख गर्दै शान्तिपुर्ण जनक्रान्तिबाट संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना, समाजवादन्मुख संविधान निर्माण, दुई ठुला कम्युनिष्ट पार्टीको एकिकरण, आम निर्वाचन, संविधान कार्यान्वयको सन्र्दभमा स्थानिय, प्रदेश र संघिय सरकार गठन जस्ता उपलब्धी भएको उनले जारी गरेको विज्ञप्तीम उल्लेख छ । विज्ञप्तीमा भनिएको छ ‘नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार संचालित छ र यो सरकारको माध्यमबाट हामीले सुखी नेपाली, समृद्ध नेपाल निर्माण गर्ने अभियान लाई अगाडि बढाइरहेका छौं । यी असाधारण उपलब्धीहरु हुन । तर इतिहासले हाम्रो काधमा राखी दिएका दायित्वहरु पुरा गर्ने मार्गमा ठुलठुला चुनौतिहरु पनि देखा परिरहेका छन । यस्तो अबस्थामा पार्टीलाई सही नीति, विधि र पद्धतिका आधारमा अघि बढाउनु पर्छ । थप मजबुत र एकताबद्ध पार्टी निर्माण गर्न पार्टी एकिकरणलाई अबिलम्ब पुरा गर्नुपर्छ र समाजवादको लक्ष्यमा दृढता पूर्बक अघि बढ्नु पर्छ ।’
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई पराजित गनए सरकारको प्रयत्न जारी रहेको बताउँदै यस्तो विषम परिस्थितिमा कोभिड १९ को प्रकोप लाई नियन्त्रण गर्नको लागि एकताबद्ध भई लाग्न नेकपाका सम्पूर्ण नेता,कार्यकर्ताहरु, शुभेच्छुकहरु, बुद्धिजीवीहरु, अभियन्ताहरु, पत्रकारहरु साथै सम्पूर्ण जनसमुदायहरुलाई आग्रह गरेका छन् ।