इलाम । भारतीय कलाकार इरफान खानको मृत्यु पश्चात उनको यादमा गित सृजना गरिएको छ । इलामका अन्वेष थुलुङ राईको शब्दमा आर्टमान्डुले ’ए चरी’ बोलको सिर्जना गरेको हो । गीतमा अंकित बाबु अधिकारीको स्वर र संगीत रहेको छ । संगीत संयोजन रोमी बस्नेतले गरेका छन् । भिडियो सम्पादन भने सुनिल पौडेलको रहेको छ । गित आर्टमान्डुको फेसबुक पेज मार्फत शुक्रबार सार्वजनिक गरिएको छ ।