Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

जनकपुरका संक्रमितमध्ये एकजना पत्रकार

जनकपुरका संक्रमितमध्ये एकजना पत्रकार

  • लोकल सन्देश
  • बुधबार, बैशाख ३१ २०७७


जनकपुरका संक्रमितमध्ये एकजना पत्रकार

मंगलबार संक्रमण पुष्टि भएकामध्ये जनकपुरका एकजना पत्रकार रहेको खुलेको छ। धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले थाहा खबरलाई दिएको जानकारीअनुसार ४० वर्षीया ती पत्रकारलाई कोरोना संक्रमणको पुष्टि भएको हो। उनलाई प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको प्रजिअ निरौलाले जानकारी दिए। यसअघि मंगलबार वीरगञ्जका दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।
वीरगञ्जका दुवै पत्रकारको नारायणी अस्पतालमा उपचार भइरहेको छ। मंगलबार मात्र ८४ जना संक्रमित थपिएर कुल संक्रमित २१७ पुगेको थियो। नेपालमा अहिलेसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। नेपालमा सबैभन्दा पहिले गत माघमा चीनबाट आएका युवकमा कोरोना देखिएको थियो। नेपालमा कोरोना संक्रमितको संख्या सय पुग्न दुई महिनाभन्दा धेरै समय लागेको थियो। तर सय पुगेसँगै कोरोना संक्रमितहरु दैनिक दर्जनौंको संख्यामा भेटिन थालेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार