चुलाचुली । इलामका कृषकले लगाएको मकैबालीमा फौजीकिराको प्रकोप देखिन थालेपछि चिन्तित बनेका छन् । जिल्लाको चुलाचुली, माङ्सेवुङ तथा फाकफोेकथुम गाँउपालिकाका केही वडाहरुमा फैजी किराको प्रकोप देखिन थालेको हो । इलामका यि स्थानीय तहहरुमा विशेषगरी अहिले मकैबाली लगाउने गरिन्छ । तर अमेरिकन जातका फौजीकिराले घोगा लाग्ने बेला भएका मकैलाई सखाप पारिदिएको छ ।
‘घोगा लाग्ने बेला भएको मकैको गुबो नै फैजि किराले खाईदिदा यसपाली दुःख मात्र भएको छ ।’ चुलाचुली ५ का किसान बडमश्वरी राईले भने ‘यसपाली त मकै फल्छ भन्ने आश छैन, गाईगोरुलाई घास काट्दै खुवाउदै छौँ ।’ अमेरीकन जातको यस फैजी किराले मकै तथा लहरे बालीहरुमा क्षति र्पुयाउन शुरु गरेको स्थानीय बासीहरुले बताका छन् । चुलाचुली ५ कै अर्का किसान फुलवहादुर राई भन्छन् , ‘यो फैजी किराले मकैको चुरो नै खाईदिन्छ, त्यसमा पनि साझ मात्रै मकै खान निस्कन्छ यो किरा, औषधी लगाउदा पनि हत्पत्ती मर्देन ।’ घोगा लाग्न लागेको मकैलाई फैजी किराले नाश गर्न सुरु गरेपछि गाईवस्तुलाई घास काट्दै दिन सुरु गरेको उनले बताए ।

फाकफोकथूम २ का किसान दिपक पौड्यालको पनि उस्तै समस्या छ । केही दिन अगाडि वर्षा सँगै परेको असिना पानीले मकैको पात च्यातेकको थियो । त्यस पछि लगतै अहिले फैजी किराले मकैको गुबो खाएर बोट नै मर्न थालेको छ । मकै खेतीमा रोग फैलिन थालेकाले बेलैमा नियन्त्रणका लागि कदम नचाले उत्पाद शुन्य हुने साथै बिउको समेत अभाव हुने चिन्ता बढेको किसानहरु बताउँछन् ।
केही दिन अघि पाँचथर, खोटाङ, उदयपुर, झापा लगायतका जिल्लाहहरुमा यो किराको प्रकोप भित्रिएको खबर सुनिए लगतै अहिले इलामका स्थानिय तहहरुमा पनि देखा परेको छ । किसानहरुबाट फैजी किरा प्रकोपको गुनासो आएपछि चुलाचुली कृषि शाखाले क्षतीको विवरण सम्वन्धीत वडा कार्यलयमा टिपाउन आग्रह गरेको छ । उता फाकफोथुम गाउँपालिकाको कृषि शाखाले पनि सम्बन्धित वडा कार्यालयमा जानकारी दिन आग्रह गरेको कृषि शाखा प्रमुख बसन्त भट्टराईले बताए ।