मंगलबारे । प्रदेश सरकारका कृषि भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले देउमाई नगरपालिकामा रहेको क्वारेन्टाइनको अनुगमन गरेका छन् । गृह नगरमा रहेको भानुभक्त मावि मंगलबारेमा रहेको क्वारेन्टाइन अनुगमन गर्दै मगरले व्यवस्थित रहेको बताए । लकडाउनलाई कडाई गर्दै नगर भित्र आएको मानिसहरुलाई क्वारेन्टाइनमा राख्न नगरपालिकालाई आग्रह गरे ।
उनले क्वारेन्टाइनमा रहेको मानिसहरु अवधि पुरा गरेपछि सहज रुपमा घरसम्म पुग्ने वातावरण मिलाउनका लागि स्थानिय सरकारलाई आग्रह गरे । हाल भानुभक्त माविमा १९ जना पुरुष र २ जना महिलालाई क्वारेन्टाइनमा राखिएको नगरपालिकाका सुचना अधिकारी गोपाल बाँस्तोलाले जानकारी दिए ।