Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा ३ सय भन्दा बढिको र्‍यापिड टेस्ट

इलाममा ३ सय भन्दा बढिको र्‍यापिड टेस्ट

  • लोकल सन्देश
  • बिहिबार, बैशाख १८ २०७७


इलाममा ३ सय भन्दा बढिको र्‍यापिड टेस्ट

इलाम : इलामका १० वटा स्थानिय तहमा ३ सय भन्दा बढिको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ । कोरोनाको संक्रमण रोक्न लागि स्वास्थ्य कार्यालयले स्थानिय तहसँगको समन्वयमा ३ सय १२ जनाको टेस्ट गरेको हो । जिल्ला विपद व्यवस्थापन केन्द्रका सुचना अधिकारी सफल पोर्तेलका अनुसार सवैभन्दा बढि रोङ गाउँपालिकामा ६९ र सवैभन्दा कम सूर्योदय नगरपालिकामा ७ जनाको ¥यापिड टेस्ट गरिएको हो ।
त्यसैगरी इलाम नगरपालिकामा ५८ जना, देउमाई नगरपालिकामा २९ जना, माई नगरपालिकामा ४७ जना, चुलाुचली गाउँपालिकामा १३ जनाको र्‍यापिड टेस्ट गरिएको हो । माईजोगमाई गाउँपालिकामा १६ जना, माङसेवुङ गाउँपालिकामा १८ जना, फाकफोकथुम गाउँपालिकामा ६९ जना र सन्दकपुर गाउँपालिकामा १२ जनाको परिक्षण गरिएको हो । इलामबाट पिसिआर टेष्टका लागि ४ जना पठाइएको थियो । सबैको नतिजा नेगेटिभ आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार