Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कोरोनाबाट बहराइनमा एकैदिन ७७ जना नेपाली संक्रमित

कोरोनाबाट बहराइनमा एकैदिन ७७ जना नेपाली संक्रमित

  • सन्देश सम्वाददाता
  • बुधबार, बैशाख १७ २०७७


कोरोनाबाट बहराइनमा एकैदिन ७७ जना नेपाली संक्रमित

काठमाण्डौ । कोरोना भाइरसबाट बहराइनमा एकैदिन ७७ जना नेपाली कामदार संक्रमित भएका छन् । बहराइनको राजधानी मनामास्थित नेपाली दूतावासका अनुसार उनीहरु चारवटा कम्पनीमा कार्यरत थिए । ‘एउटा सुपरमार्केट र ३ वटा अलग अलग कम्पनीमा काम गर्ने नेपालीलाई संक्रमण देखिएको हो’, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले भने,‘उनीहरुको स्वास्थ्य उपचार भइरहेको छ ।’
उनले पछिल्लो तथ्याङले आफूलाई चिन्तित बनाएको बताए । योसँगै बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १२६ जना पुगेको छ । बहराइनमा संक्रमितको सख्या भने १५४६ जना पुगेको छ । जसमध्ये १२४६ जना निको भइसकेका छन् । बहराइनमा अहिलेसम्म कोरोना स‌ंक्रमणबाट ८ जनाको मात्रै मृत्यु भइसकेको छ । सुन्दासका अनुसार जोखिमपंर्ण मानिएको क्याम्ममा रहेका कामदारलाई नयाँ क्याम्पमा सार्ने काम भइरहेको छ । बहराइनमा झन्डै ३५ हजार नेपाली कार्यरत छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार