Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

डा मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइन कक्ष बन्द

डा मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइन कक्ष बन्द

  • सन्देश सम्वाददाता
  • सोमबार, बैशाख १५ २०७७


डा मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइन कक्ष बन्द

इलाम । इलाम नगरपालिकाले इलाम सदरमुकाममा रहेको डा मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइन कक्षमा कोरोनाको शंकास्पदलाई राख्न छाडिएको छ । नगर प्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त अस्पतालमा कोभिड–१९ का शङ्कास्पद व्यक्तिका लागि क्वारेन्टाइन राखिएको थियो ।
बैठकमा पछि आवश्यकतानुसार विदेशबाट आएका कोरोना भाइरसका शङ्कास्पद व्यक्तिलाई राख्नुपर्ने भएमा तत्कालै तत्सम्बन्धी निर्णय गर्ने गरी पुनः सञ्चालनमा ल्याउने गरी सो क्वारेन्टाइन कक्षलाई हिजो आइतबारदेखि बन्द गर्ने निर्णय गरिएको हो । सामुदायिक अस्पतालको क्वारेन्टाइन कक्षमा खटिएका स्वास्थ्यकर्मीलाई जिल्ला समन्वय समिति इलामको नयाँ भवनमा इलाम अस्पतालमार्फत तयारी अवस्थामा राखिएको आइसोलेसन, क्वारेन्टाइन कक्षमा सहयोग तथा समन्वयका लागि पठाउने निर्णय गरेको प्रवक्ता ठाकुर श्रेष्ठले जानकारी दिए ।
यसैगरी कोभिड–१९ बाट सङ्क्रमित उदयपुरलगायतका जिल्लाबाहेक अन्य जिल्लाबाट हालसालै घर फर्किआएका व्यक्तिलाई नेपाल सरकार, स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट जारी गरिएको सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने नियम परिपालना गर्नुपर्ने निर्णय गरिएको छ । आफ्नो विवरण वडा कार्यालय तथा नजिकको स्वास्थ्यकेन्द्रमा अनिवार्यरुपमा उपलब्ध गराउने गरी सम्बन्धित वडाका वडाध्यक्षको अनुगमन, निगरानी तथा व्यवस्थापनमा आआफ्नो घरमा सेल्फ क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।
साथै यसरी सेल्फ क्वारेन्टाइनमा बसेका व्यक्तिले रहेका व्यक्तिलाई इलाम नगरपालिकाको जनस्वास्थ्य शाखाले वडा कार्यालय तथा नजिकको स्वास्थ्य केन्द्रमार्फत निगरानी तथा स्वास्थ्य परीक्षणको आवश्यक व्यवस्था मिलाई सम्बन्धित वडाका वडाध्यक्षलाई सहयोग गर्ने निणर्य भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार