Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

उदयपुरमा जमातीबाट कोरोना नफैलिएको प्रदेश सरकारको निष्कर्ष

उदयपुरमा जमातीबाट कोरोना नफैलिएको प्रदेश सरकारको निष्कर्ष

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख १२ २०७७


उदयपुरमा जमातीबाट कोरोना नफैलिएको प्रदेश सरकारको निष्कर्ष

उदयपुर । प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोना भाइरस ९कोभिड–१९० संक्रमित क्षेत्र त्रियुगा नगरपालिका–३ भुल्केको अनुगमन गरेका छन्। स्थाानीय सरकारभन्दा माथिल्लो सरकारको पदाधिकारीले पहिलोपटक संक्रमित क्षेत्र आएका हुन्। बिहीबार नेपाली सेनाको पूर्वी पृतनापतिसहित संक्रमित क्षेत्र आएका मन्त्री घिमिरेले संक्रमणपछिको अवस्था, रोकथाम, नियन्त्रणका प्रयास, स्थानीयका समस्यालगायतका बारेमा सरोकारवालासँग छलफल गरेका गरेका छन्।
मन्त्री घिमिरेलाई जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय र स्वास्थ्यकर्मीसहितका ११ जनाले जिल्लाको विकसित घटनाक्रमबारे जानकारी गराएका थिए। उनीहरुले उठाएका विषयमा जवाफ दिँदै मन्त्री घिमिरेले संक्रमण कहाँबाट फैलियो भन्ने कुराको टुङ्गोमा प्रदेश सरकार पुग्न लागेको बताए। उनका अनुसार भारतको उत्तर प्रदेशमा उर्दुभाषा अध्ययन गरेर घर फर्किएका र दुबईबाट आएका व्यक्तिमध्ये एकजनाबाट संक्रमण फैलिएको हो भन्ने निष्कर्षमा पुगिएकोे छ। यस्तै, भारतबाट आएका १२ जना जमातीले संक्रमण ल्याएको हो भन्नेमा आफूहरु विस्वस्थ नरहेको दाबी गरे।
प्रारम्भिक अनुसन्धानमा उनीहरुको सम्पर्क २५१ जनासँग पुगेको र ती व्यक्तिहरुको चाँडै परीक्षण गरिने उनको भनाइ छ। स्वास्थ्य उपचारका सन्दर्भमा मन्त्री घिमिरेले विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा १०० जनाको रहेको र त्यसले धान्न नसके धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल १०० जनालाई एकैसाथ उपचार हुने गरी प्रकृया अघि बढाएको जानकारी दिए। वीपीमा १०० जना थेग्न नसकेको अवस्थामा पूरै खाली गरेर एक हजार पुर्याउने लक्ष्य रहेको बता । मन्त्री घिमिरले उदयपुरमा कोरोनो उपचार केन्द्र बनाउनका लागि एक करोड बजेट विनियोजन भइसकेकाले तत्काल प्रक्रिया अघि बढाउन अस्पताल विकास समितिलाई निर्देशन दिए।
स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले स्वास्थ्य सामग्री, दक्ष जनशक्ति लगायतका सुरक्षाकवजहरु अभाव रहेकाले तत्काल आपूर्ति गरिदिन आग्रह गरेका छन्। प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले प्रदेश सरकारले उदयपुर जिल्लालाई सिल गर्ने निर्णय गरे पनि अन्य प्रदेशसँग समन्वय नहुँदा बाहिर जिल्लाबाट सर्वसाधारण आउनेक्रम नरोकिएको बताए। उदयपुरका विभिन्न ठाउँका ३७९ जनामा गरिएको स्वाब परीक्षणमध्ये २८ जनामा कोरोना पुष्टि भइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार