Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

देउमाई नगरपालिकालाई शिक्षक संगठनको सहयोग

देउमाई नगरपालिकालाई शिक्षक संगठनको सहयोग

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख ७ २०७७


देउमाई नगरपालिकालाई शिक्षक संगठनको सहयोग

मंगलबारे । नेपाल राष्ट्रिय शिक्षक संगठन देउमाई नगर समितिले कोरोनाबाट हुन सक्ने जोखिम न्युनिकरणका लागि २० हजार रुपैया सहयोग गरेको छ । संगठनले देउमाई नगरपालिकाको प्रकाेप व्यवस्थापन कोषमा सहयोग गरेको हो । अध्यक्ष अग्नि दाहालले देउमाई नगर प्रमुख सुर्य पोखरेललाई चेक हस्तान्तरण गरे । संगठनले आफनो कोषमा शिक्षकहरुले संकलन गरेको रकम विपद व्यवस्थापनका लागि प्रदान गरेको अध्यक्ष दाहालले जानकारी दिए ।
सहयोग ग्रहण गर्दै नगर प्रमुख पोखरेलले शिक्षकहरुको सहयोगलाई गरिब, विपन्न तथा मजदुरहरुलाई राहत वितरणका लागि खर्च गर्ने प्रतिवद्धता जाहेर गरे । यसअघि माई नगर समितिले माई नगरपालिकालाई २८ हजार मुल्य बराबरको खाध्यान्न सहयोग गरेको थियो । पछिल्लो समय राहत र सहयोगमा शिक्षकजन्य संगठनहरुले समेत सक्रियतापुर्वक भुमिका निर्वाह गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार