Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकामा ८ जनाको र्‍यापिड टेस्ट नेगेटिभ

माई नगरपालिकामा ८ जनाको र्‍यापिड टेस्ट नेगेटिभ

  • सन्देश सम्वाददाता
  • मंगलबार, बैशाख २ २०७७


माई नगरपालिकामा ८ जनाको  र्‍यापिड टेस्ट नेगेटिभ

माई । दक्षिणी इलामको माई नगरपालिकामा क्वारेन्टाइनमा बसेका ८ जनाको र्‍यापिड डाइगोनोस्टिक टेष्ट नेगेटिभ देखिएको छ । संस्थागत क्वारेन्टाइनमा राखिएका ६ जना र होम क्वारेन्टाइनमा राखिएको २ जनाको सोमबार र मंगलबार लगाएर परिक्षण गरिएको हो । आरडीटी रिर्पोट नेगेटिभ देखिएको नगरपालिकाका शाखा अधिकृत नविन पौडेलले जानकारी दिए ।
माईमा बैदेशिक रोजगारीबाट आएका होम क्वारेन्टाइन र संस्थागत क्वारेन्टाइन गरी १७ जनाको टेस्ट गर्ने तयारी भएको छ । चुलाचुली परिक्षणपछि बाँकी रहेका ९ जनाको आरडीटी गरिने पौड्यालले बताए । आरडिटी गर्दा नेगेटिभ रिर्पोट देखिएका व्यक्तिलाई घर पठाइने र पोजेटिभ रिर्पोट देखिएकालई क्वारेन्टाइनमै राखेर स्वाब परीक्षण गरिनेछ । इलाममा हाल १४ जना संस्थागत क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार