Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कैलालीमा थप एक जनामा कोरोना, धनगढी अस्पताल ल्याइयो

कैलालीमा थप एक जनामा कोरोना, धनगढी अस्पताल ल्याइयो

  • सन्देश सम्वाददाता
  • सोमबार, बैशाख १ २०७७


कैलालीमा थप एक जनामा कोरोना, धनगढी अस्पताल ल्याइयो

धनगढी । क्वारेन्टाइनमा बसेर घर फर्किएकी कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीकी एक महिलामा कोरोनाको संक्रमण देखिएको छ । र्‍यापिड टेस्टेमा नेगेटिभ देखिएकी ती महिलाको पीसीआरबाट गरिएको परीक्षणमा पोजिटिभ देखिएपछि उनलाई सेती अस्पतालको एम्बुलेन्समा धनगढी पठाइएको लम्कीचुहाका मेयर महादेव बजगाईंले बताए । यससँगै सुदूरपश्चिममा संक्रमितको संख्या पाँच पुगेको छ। धनगढीका तीन र कञ्चनपुरका एक संक्रमितको पनि यही अस्पतालमा उपचार भइरहेको छ।
स्वास्थ्य मन्त्रालयस्रोतले पनि कैलालीकी एक महिलामा संक्रमण देखिएको बताएको छ। प्रहरीका अनुसार वीरगन्जमा चिया पसल चलाउने ती महिला लकडाउनअघि कैलाली आइपुगेकी थिइन्। उनीसहित १७ जनाको टोलीलाई र्‍यापिड डाइग्नोस्टिक टेस्टमा नेगेटिभ देखिएपछि लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट आइतबार साँझ घर पठाइएको थियो। तर, सोमबार बिहान उनको रिपोर्ट पोजिटिभ देखिएको खबर आएको मेयर बजगाईंले बताए। ‘पोजिटिभको खबर आएपछि बाँकीलाई फेरि क्वारेन्टाइनमा ल्याइएको छ। कसैमा पनि लक्षण देखिएको छैन। अरूको पनि पीसीआर परीक्षणको नतिजा पर्खिइरहेका छौं,’ उनले भने। यसअघि लम्कीचुहाकै २१ वर्षीय युवकमा कोरोना संक्रमण पाइएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार