इलाम । पुर्व प्रधानमन्त्री तथा प्रतिनिधि सभा इलाम क्षेत्र नं १ का सांसद झलनाथ खनालले नयाँ बर्ष २०७७ को शुभकामना व्यक्त गर्दै कोरानो जोखिमबाट बच्न आग्रह गरेका छन् । खनालले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ‘ विश्वव्यापी महामारीको रुपमा फैलिदै गरेको कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमबाट जोगिन अझ केहि दिन घर भित्रै बस्न र नियन्त्रणको लागि नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनका निर्णय एवम निर्देशनहरुलाई पालना गर्न समेत पुन : आग्रह गर्दछु ।’ उनले देश विदेशमा रहने सम्पुर्ण नेपालीहरुमा सु–स्वास्थ्य र दिर्घायुको कामना समेत गरेका छन् ।