फिक्कल । लकडाउन लम्विदै गरेको अबस्थामा गरिब तथा विपन्न वर्गलाई राहत वितरण गर्न आग्रह गर्दै समाजबादी पाटी नेपाल सूर्योदय नगर कमिटीले स्थानिय सरकारको ध्यानाकर्षण गराएको छ । लकडाउनको २० औ दिन बितिसक्दा नगरपालिका भित्रका मजदुर एवम श्रमिक वर्गमा पनि भोकभोकै जीवन जिउनुपर्ने परिस्थिति आएको भन्दै तत्काल खाद्यान्न वितरण गर्न समाजवादी पार्टीले आग्रह गरेको हो ।
नगर कमिटीका अध्यक्ष सुरेन्द्र मोक्तानद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ,“यस बिषम परिस्थितिमा नगरपालिकाको तर्फबाट त्यस्ता नागरिक पहिचान गरि बिना भेदभाब तत्काल राहत वितरण गरि नागरिकको जिवन जीउन पाउने अधिकारलाई सुनिश्चित गराउन हार्दिक अपिल गर्दछौँ” साथै सर्बदलिय र सर्बपक्षीय राहत समिति गठन गरि बिना भेदभाव ढिला सुस्ती नगरी बिपन्न बर्ग पहिचान गरेर पारदर्शी तरिकाले राहत बितरण गरिनुपर्ने माग छ ।
