फिक्कल । लकडाउन कसरी बिताउनु हुदैंछ ? मिठो मिठो खनेकुरा पकाएर, मोबाइल चलाएर, साथीहरूसँग भिडियो कल गरेर, तास खेलेर । तर विद्यालयमा शिक्षण गर्ने शिक्षकहरूको भने फरक छ। लकडाउनको दिनभरको समयलाई सुतेर, मोबाइल चलाएर भन्दापनि वर्षभरी पढेर एसइइ दिनलाई छट्पटाई रहेका विद्यार्थीलाई समेट्न साथै आगामी शैक्षिक सत्रको तयारी गरी प्रविधिको प्रयोगबाट प्रभावकारी शिक्षण गर्नको लागि देसैभरका शिक्षकहरू अहिले जुम एप्स मार्फत अगाडि बढिरहेकाछन्।
प्रविधिमैत्री शिक्षक समाज नेपालको (एसटीएफटी) केन्द्रिय प्राविधिक समिति अन्तरगत देसैभरीबाट बढीमा १०० जना केन्द्रमा १६ दिनदेखि, त्यसैगरी प्रदेसमा १२ दिनदेखि सुरु भएको यो कार्यलाई ईलाममा पनि सुरु भएको छ। जिल्लाभरका प्रविधिसँग इच्छुक शिक्षकहरू जुम एप्स मार्फत निःशुल्क जोडिएका हुन्। कार्यक्रमको औपचारिक रुपमा प्रविधिकै माध्यमबाट उद्घाटन गरिएको जसको अध्यक्षता प्रविधिमैत्री शिक्षक समाज ईलाम जिल्ला अध्यक्ष फिक्कल माविका शिक्षिका बिमला मिश्रले गरेकी थिइन् । यसमा प्रविधीमैत्री शिक्षक समाजका केन्द्रिय अध्यक्ष पाल्पा जिल्ला दर्लमडाँडा माविका शिक्षक भूपति बस्यालले शुभकामना दिएका थिए ।
त्यसैगरी प्रविधिमैत्री शिक्षक समाज प्रदेस नं १ का अध्यक्ष बालकुमार रेग्मी र प्रविधिमैत्री शिक्षक समाज प्राविधिक संयोजक घनश्याम अधिकारीलेपनि शुभकामना तथा कार्यक्रम निरन्तरताको लागि आवश्यक सहयोग गर्ने जानकारी दिए। उक्त कार्यक्रमको सञ्चालन कन्काई मावि माई नगरपालिका ईलामका शिक्षक खेमराज लिम्बुले गरेका थिए भने प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रिय सदस्य कृष्णाश्रम मावि सूर्योदय नगरपालिका ईलामका शिक्षक माधव भट्टराईले मोबाइल एप्लिकेसनको माध्यमबाट कसरी शिक्षण गर्न सकिन्छ भन्नेबारेमा छोटो प्रस्तुति गरेका थिए ।
कार्यक्रमको तेस्रो दिन अतिथिको रूपमा शिक्षा विकास तथा समन्वय इकाइ ईलामका प्रमुख शम्भुनाथ थापा मगरको उपस्थिति रहेको थियो। उनले अहिलेको परिस्थितिमा विद्यार्थीलाई उपयोगी शैक्षिक सामग्री तयार गरी उपलब्ध गराउन सम्पूर्ण शिक्षकहरूलाई आग्रह गरे । त्यसका लागि आफ्नो व्यक्तिगत र शिक्षा इकाइको तर्फबाट आवश्यक सहयोग गर्ने बताए । यस कार्यक्रममा जनक मावि सूर्योदय नगरपालिकाका शिक्षक छवि आचार्यले माइक्रोसफ्ट सम्बन्धि प्रस्तुति सञ्चालन गरेका थिए ।
एप्स मार्फत उपस्थिति सहभागीमध्येबाटै तथा अन्य विज्ञबाट गेष्टको रूपमा सहभागी गराएर सिक्न सकिन्छ। देशभर अहिले विभिन्न अनलाइन कक्षा मार्फत भर्चुअल कक्षा विद्यार्थीलाई शिक्षणकार्य भइरहेकोछ। यस कार्यक्रममा प्रविधिमैत्री शिक्षक समाज ईलाम जिल्लाले पाँचथर र ताप्लेजुङका ईच्छुक शिक्षकहरूलाई पनि समेट्नका लागि प्रदेशबाट सल्लाह प्राप्त भएको र उक्त कार्यका लागि इच्छुक शिक्षकहरूले प्रविधिमैत्री शिक्षक समाज ईलाम नामको फेसबुक ग्रुपमा राखिएको जुम लिन्कमा क्लिक गरेर सहभागी हुन सकिने जनाइएको छ।