इलाम । कोरोना संक्रमित फ्रान्सकी युवती संगै नेपाल आएका इलामका रमेश दुलालको रिर्पोट नेगेटिभ पाइएको छ । इलाम अस्पतालले दुलालको स्वाब परिक्षणका लागि चैत २१ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । स्वाब परिक्षणको रिर्पोट नेगेटिभ आएको सोमबार इलाम अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
दोहा कतार हुँदै फ्रान्सबाट आएकी कोरोना संक्रमित युवतीसँगै नेपाल आएका दुलाल इलाम अस्पतालको निगरानीमा सेल्फ क्वारेन्टाईनमा घरमै बस्दै आएका थिए । टाउको दुख्ने ज्वरो आउने जस्ता समस्या देखिए पछि उनको स्वास्थ्य परिक्षण गरिदै आएको छ ।