इलाम । नेपालका पुर्व प्रधानमन्त्री एवम एसियाली राजनितिक दलहरुको अन्तराष्ट्रिय सम्मेलन (आईक्याप) का सचिवालय सदस्य झलनाथ खनालले कोरोनो जोखिमबाट मुक्त चीनबाट केही सिक्न जरुरी रहेका बताएका छन् । आईक्यापको अनलाइन मिटिङलाई सम्वोधन गदै खनालले महामारीबाट मुक्त हुन चीनबाट केही अनुभव लिन सुझाव दिए ।
उनले भने ‘ जनवादी गणतन्त्र चीन र राष्ट्रपति सीलाई कोरोना महामारी रोक्न सफल भएकोमा बधाई दिन्छु ।’ उनले भने चीनको अनुभव र अभ्यासबाट कोरोना विरुद्ध संर्घषरत राष्ट्रले केही सिक्न सकिन्छ ।’खनालले यो कठिन समयमा अन्तर्राष्ट्रिय सहयोग र सहकार्यकोलागी एसियाली राष्ट्रहरुसँग आह्वान पनि गरे । एकल प्रयासले मात्र कोरोनाको जोखिम घटाउन नसकिने भएकाले यसको रोकथामका लागि सवैले साझा दायित्वको रुपमा महसुस गर्नुपर्ने खनालले बताए ।
https://www.facebook.com/jhalanath1950/videos/2985619848125895/