Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

लकडाउनमा सुनसान कन्याम

लकडाउनमा सुनसान कन्याम

  • सुजन तिमल्सिना
  • शनिबार, चैत्र २२ २०७६


लकडाउनमा सुनसान कन्याम

कन्याम । कोरोना भाइरस निन्त्रणका लागि विश्व अहिले एकजुट भएको छ । नेपालमा पनि कारोना भाइरसका सक्रमित बिरामी भेटिएसँगै सरकारले चैत्र १० गतेबाट देश पुर्णरुपमा लकडाउनमा  छ ।


सरकारले लकडाउन गरेसँगै नागरिकहरु आ–आफ्नो घर भित्रै रहेका छन् । लकडाउनका कारण देशको आर्थिक क्षेत्रमा पनि ठुलो प्रभाव पारेको छ ।

भ्रमण वर्ष शुरुवात भएपनि अहिले सबै कार्यक्रम स्थगित भएका छन् । कोराना भाइरसले देशको पर्यटन क्षेत्रपनि नराम्रोसँग प्रभावित भएको छ ।


आन्तरिक पर्यटकको भिड हुने नेपालका पर्यटकीयस्थल मध्ये कन्याम अहिले सुनसान रहेको छ । दैनिक १० हजारसम्म पर्यटकको आवागमन हुने कन्याम क्षेत्र अहिले सुनसान रहेको छ ।

हरियो चियाबारीले ढाकिएको कन्याम क्षेत्रमा अहिले पास लिएका सवारीसाधनहरु हिड्ने गरेका थिए । दायाँबायाँ राजमार्ग रहेको कन्याम चिया बगानमा नेपाल र भारतका सयौँ पर्यटकहरु भ्रमणका लागि आउने गरेका थिए ।

कोरना भाइरस फैलन नदिन सूर्योदय नगरपालिकाले कन्याम क्षेत्रका सबै पसल र घोडचढी व्यवसाय पनि बन्द गरेको छ ।

लकडाउनका कारण सुनसान रहेपनि हरियो चियाको मुनाले कन्याम हरियालीले छरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार