Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकाले २४ घण्टे सेवाका लागि हेल्प डेस्क राख्ने

इलाम नगरपालिकाले २४ घण्टे सेवाका लागि हेल्प डेस्क राख्ने

  • सन्देश सम्वाददाता
  • सोमबार, चैत्र १७ २०७६


इलाम नगरपालिकाले २४ घण्टे सेवाका लागि हेल्प डेस्क राख्ने

इलाम । कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रण सम्बन्धमा इलाम नगरपालिका विभिन्न निर्णयहरु गरेको छ । उल्लिखित निर्णय अर्न्तर्गत इलाम नगरपालिकाका वडा वडामा क्वारेन्टाइनका लागि विद्यालय भवन तोकिएको हुँदा पूर्व निर्धारित विद्यालय भवनमा क्वारेन्टाइन वार्डको व्यवस्थापन मिलाउने कार्य वडाध्यक्षको नेतृत्वमा वडा कार्यालयले गर्ने र सो कार्यमा पूर्व निर्णय बमोजिम नगरपालिकाबाट आवश्यक स्रोतसाधनको व्यवस्थापन गरि दिने, इलाम अस्पतालसँग समन्वय गरी क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वाब परीक्षण गराउने कार्यका लागि इलाम नगरपालिकाको जनस्वास्थ्य शाखाले अस्पतालमा समन्वय गर्ने, संवेदनशील अवस्थामा स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण PPE को अभाव भएको र स्थानीय बजारमा उपलब्ध हुन नसक्ने अवस्था विद्यमान रहेकोले सो अत्यावश्यक सामाग्रीको व्यवस्था मिलाउने सम्बन्धमा एनआरएन कोरियासँग सुरेन्द्र राई  मार्फत समन्वय गरी २५ थान व्यक्तिगत सुरक्षा उपकरण मगाउने निर्णय गरेको छ ।
कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग तथा सूचना आदान प्रदानका लागि नगर कार्यपालिकाको कार्यालय इलाममा ५२१५९२ नम्बर को हटलाइनमा २४ घण्टै हेल्प डेस्कको व्यवस्था मिलाउने कार्यमा सहायक (पाँचौ)  हेमराज ढकालको नेतृत्वमा २४ घण्टे सेवाका लागि नगरपालिकाका सबै कम्प्युटर अप्रेटरहरुलाई परिचालन गर्ने र यसको आवश्यक व्यवस्थापन मिलाउन भएको छ । यसैगरी कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रण कार्यका लागि आकस्मिक रुपमा दक्ष जनशक्ति आवश्यक पर्न सक्ने भएकोले इलाम नगर क्षेत्रमा बसोबास गर्नु हुने मेडिकल पर्सनहरुको लगत विवरण लिई अभिलेख राख्ने कार्य तत्कालै शुरु गर्ने भएको छ ।
नगरपालिकाको हेल्प डेस्कले लगत संकलन गरी अभिलेख राख्ने, इलाम नगर क्षेत्रका मेडिकल स्टोरहरुमा औषधि खरिद गर्न आउने व्यक्ति तथा बिरामीहरुको लगत राख्ने व्यवस्था मिलाउदा सूचना आदान प्रदानमा सहयोग पुग्ने देखिएकोले औषधि व्यवसायी संघ इलाममार्फत इलामका सबै मेडिकल स्टोरहरुमा उल्लिखित अभिलेख राख्ने व्यवस्था मिलाउने कार्यका लागि औषधि व्यवसायी संघ इलामलाई अनुरोध गर्ने र जनस्वास्थ्य शाखाले यस कार्यका लागि समन्वय गर्ने निर्णय भएको छ ।
कोभिड १९ को महामारीको यस अप्ठ्यारो स्थितिमा इलाम नगरपालिका क्षेत्रका बिपन्न अवस्थाका व्यक्ति तथा मजदुरहरुलाई चामल तथा खाद्यान्न लगायतका अन्य सामग्रीहरु वितरण गरी सहयोग गर्न चाहने व्यक्ति तथा संघसंस्थाहरुले जिल्ला प्रशासन कार्यालय इलामको निर्णयानुसार नगरपालिकाको स्वीकृति लिनु अनिवार्य भएको हुँदा सो इच्छुक व्यक्ति तथा संघसंस्थाहरुले नगरपालिकाबाट स्वीकृति लिएर मात्र उल्लेख भए अनुसार अभिलेख राखेर मात्र वितरण गर्न अनुरोध गर्ने र सो स्वीकृति नगर कार्यपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृतबाट जारी गर्ने व्यवस्था मिलाउने, इलाम नगरपालिका वार्ड नं ६ अर्न्तर्गत डा मेघबहादुर पराजुली सामुदायिक अस्पतालमा स्थापना गरिएको क्वारेन्टाइन वार्डमा कुनै व्यक्तिलाई राख्दा वा छोड्दा इलाम अस्पतालको सिफारिस अनुसार मात्र गर्ने गराउने व्यवस्था मिलाउने निर्णय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार