अहिले कोरोनाका कारण विश्वका २७ हजार बढिको ज्यान गुमेको छ । युरोपको समृद्धि मानिएको स्पेनकी राजकुमारी मारिया टेरेसाले ज्यान गुमाइन् । कोरोनाको जोखिमबाट शक्तिशाली राष्ट्रका उच्च पदस्त व्यक्तिहरु पनि .अछुतो रहेनन् । यस्तो अवस्थामा इलामका प्रदेशसभामा निर्वाचित सांसदहरु सचेत बनेर सेल्फ क्वारेन्टाइनमा बसेका छन् । जनताको मतले चुनाव जितेका जनप्रतिनिधिहरु आफनो सुरक्षासँगै जनताका समस्यालाई समेत सम्वोधन गरिरहेका छन् । लोकल सन्देश अनलाइनले इलामबाट निर्वाचित सांसदहरु कोरोनाको जोखिम समयका के गरिरहेका छन् भन्ने सामाग्री तयार पारेको छ ।
धिरेन्द्र शर्मा : फोनबाटै निर्वाचन क्षेत्रमा आवश्यक समन्वय
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य समेत रहेका धिरेन्द्र शर्मा प्रदेशसभा इलाम क्षेत्र नं २ (ख) बाट निर्वाचित भएका हुन् । कोरानो कारण अहिल शर्मा झापामा सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । यदपी आफनो निर्वाचन क्षेत्रको समस्याका बारेमा चासो राखिरहेका छन् । ‘लकडाउनका कारण झापामै बसिरहेको छु तर आफनो क्षेत्रमा भएको समस्याको बारेमा फोन र सामाजिक सञ्जालबाटै जानकारी लिइरहेको छु ।’ उनले भने ‘ माङ्सेवुङका केही क्षेत्रमा खाध्यान्नको समस्या देखिएको भन्ने जानकारी आएको छ । स्थानियसँगको समन्वयमा समस्या समाधान गरिनेछ । ’
काजीमान कागते : निर्वाचन क्षेत्रका २१ वटै वडाको फोनबाट जानकारी लिदै
इलामको प्रदेश सभा क्षेत्र नं १ ( ख) बाट निर्वाचित सांसद काजिमान कागते आफनो निजि निवास सूर्योदय नगरपालिका–७ कन्याममा छन् । कोरोनाको संक्रमणको जोखिमका कारण सरकारले लकडाउन लगाएपछि उनी आफनो निर्वाचन क्षेत्रका जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधिहरुसँग आ–आफनो क्षेत्रमा कोरोना सम्वन्धी गरेका गतिविधीको बारेमा फोन मार्फत सुचना आदान प्रदान गरिरहेका छन् । ‘ मेरो निर्वाचन क्षेत्रमा पर्ने २१ वटै वडासंग सम्र्पक गरेर कोरोनाको जोखिम न्युनिकरणका लागि भए गरेका प्रयासहरुको बारेमा जानकारी लिँदैछु ।’ उनले भने ‘ लकडाउनका कारण बाहिर निस्कन पाइएको छैन स्वास्थ्य सुरक्षा सचेतनाका लागि आवश्यक समन्वय र प्रदेश सरकारबाट आएका निर्देशनहरु जनमानसमा प्रविधिको प्रयोगबाट पु¥याइरहेको छु ।’
प्रदेश सरकारको निर्णय अनुसार आधा महिनाको तलब कोरोना विपती कोषमा जम्मा गरिएको उनले बताए । ‘ आधा महिनाको रकम कोषमा दिएपछि १५ दिनमा पहिलो चरणका कोरोनाको जोखिम कस्तो रहन्छ त्यसपछिको विकल्पको बारेमा मुख्यमन्त्रीसँग नियमित सम्र्पक भइरहेको छ । ’ उनले भने । आफनो क्षेत्रका जनताहरुलाई आवश्यक काम बाहेक घर बाहिर र बजार ननिस्कन कागतले सुझाव दिए ।
रामबहादुर मगर : कोरोना जोखिम न्युनिकरण छलफलमा नै व्यस्त
इलाम क्षेत्र नं २ (क) बाट निर्वाचित नेकपा इलामका अध्यक्ष तथा प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर कोरोना विपतीको बेला जोखिम न्युनिकरणका लागि छलफलमा व्यस्त छन् । कोरोनाको जोखिम कम गर्न प्रदेशमा भएको छलफलमा सहभागी भएका राना आज गृह जिल्ला इलामको जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा सहभागीता जनाएका छन् । ‘प्रदेशमा जोखिम न्युनिकरणका लागि छलफलमा सहभागी भएर आज गृह जिल्लामा तयारीको बारेमा छलफलमा सहभागिता जनाउँदैछु ।’
उनले भने ‘ प्रदेश र जिल्लामा कोरोना नियन्त्रणका लागि भएका प्रयास र जनतालाई हुन सक्ने समस्याको बारेमा बृहत छलफलमा सहभागिता हुँदै गरेकाले घरसम्म जान पाएको छ्रैन । भोली जिल्लामा सर्वपक्षिय भेला पछि चाही मंगलबारे तिर लाग्छु ।’ जनतालाई हुन सक्ने समस्याको बारेमा प्रदेश सरकार गम्भिर ढंगले कार्यक्रमहरु अगाडी बढाइरहेको उनले बताए । आम जनताहरुलाई कोरोनाको त्रासबाट मुक्त भई घरमै आराम गर्न उनले सुझाव दिएका छन् । हेलचेक्राइका कारण अन्य देशमा कोरोना फैलिएकाले सरकारले दिएको निर्देशनलाई ध्यानमा राख्न मगरले सुझाव दिए ।
खिनु लङ्वा लिम्बु : सिमामा हुने जोखिमबाट सचेत
एक नम्बर प्रदेशमा प्रत्यक्ष निर्वाचनबाट निवाचित भएकी इलाम क्षेत्र नं १ (क) की महिला सांसद खिनु लङ्वा लिम्बु गृह क्षेत्र सूर्योदय नगरपालिका–३ पशुपतिनगरमा होम क्वारेन्टाइनमा छिन् । आफनो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणको अनुगमन गरेर फर्किएको भोली पल्टै लकडाउन भएपछि फोन र सामाजिक संजालमा मार्फत जानकारी लिइरहको उनले बताइन् । ‘ भारतसँग सिमा क्षेत्रको निर्वाचन क्षेत्र भएकाले अहिले उच्च सतर्कता अपनाइएको छ । खुल्ला सिमा भएका क्षेत्रका स्थानिय जनप्रतिनिधीलाई आवश्यक सल्लाह सुझाव दिइरहेको छु ।’ उनले भनिने ‘ प्रदेशसभाको कामहरु सवै बन्द भएकाले घरबाटै सुचना लिएर जनता माझ प्रवाह गरिरहेको छु ।’ सिमा क्षेत्रका बासिन्दाहरुलाई भारत तर्फबाट आउन सक्नेहरुबाट सचेत बनेर कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गर्न उनले आग्रह गरेकी छन्