Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

स्पेनकी राजकुमारीको कोरोना भाइरसका कारण मृत्यु

स्पेनकी राजकुमारीको कोरोना भाइरसका कारण मृत्यु

  • लोकल सन्देश
  • आइतबार, चैत्र १६ २०७६


स्पेनकी राजकुमारीको कोरोना भाइरसका कारण मृत्यु

एजेन्सी । कोरोना भाइरसका कारण स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको मृत्यु भएको छ। उनको शुक्रबार निधन भएको स्पेनका सञ्चारमाध्यमले जनाएका छन्। टेरेसा स्पेनको बोउरबोन–पर्मा राजकीय परिवारकी सदस्य हुन्। युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन्। युवराज्ञीका कुनै सन्तान छैनन्।
उनी भतिजाभतिजीको आश्रयमा रहँदै आएकी थिइन्। यसअघि बेलायती राजकुमार चार्ल्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो। स्पेनमा कोरोना भाइरसको कारण अहिलेसम्म मृत्यु हुने मानिसको संख्या ५ हजार ९८२ पुगिसकेको छ। स्पेनमा समग्र संक्रमितको संख्या ७३जार नाघेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार