पशुपतीनगर । विश्व महामारीको रूपमा फैलिएको नोवेल कोरोना भाईरस कोभिड–१९ संक्रमणलाई न्युनिकरणमा सहयोग पुगोस भन्दै सूर्योदय नगरपालिका–२ पशुपतिनगरका सूर्यबिनायक मेडिकलले सुरक्षा निकायलाई निशुल्क मास्क पन्जा वितरण गरेको छ ।
मेडिकलका प्रोप्राइटर सागर भुजेलले देश र जनताका निम्ति दिन रात नभनी सुरक्षा दिने नेपाल प्रहरी, शसस्त्र प्रहरी बल पशुपतिनगर र सामुदायिक प्रहरी सेवा केन्द्रलाई निःशुल्क २५० थान मास्क २५० थान पंजा र १० थान सेनिटाइजर बितरण गरेको हुन् । साथै स्थानीय समाजसेवी अनुप महेश्वरी र शिवलाल लखौटीयाले वडाको सिफारिसमा अति विपन्न परिवारहरुलाई खाद्यान्न राहत दिने भएका छन् ।
सुर्योदय नगरपालिका प्रमुख रण बहादुर राई, वडा नं २ का अध्यक्ष चन्द्र सुव्वा र वडा नं ३ का अध्यक्ष होम कार्कीको उपस्थितमा उक्त सामाग्री बितरण गरिएको हो । अभाव भएको अत्यावश्यक मास्क पन्जा लगायत निशुल्क दिएर सेवाको काम गरेको भन्दै नगरप्रमुख राईले धन्यवाद दिए ।