Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फ्रान्सबाट आएकी महिलामा कोरोना संक्रमण

फ्रान्सबाट आएकी महिलामा कोरोना संक्रमण

  • सन्देश सम्वाददाता
  • सोमबार, चैत्र १० २०७६


फ्रान्सबाट आएकी महिलामा कोरोना संक्रमण

काठमाडौं : फ्रान्सबाट आएकी एकजना नेपाली महिलामा कोरोना भाइरस संक्रमण देखिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट १९ वर्षीया युवतीमा कोरोना देखिएको हो। फ्रान्सबाट गत चैत ४ गते आएकी ती नेपाली महिलामा कोरोना संक्रमण देखिएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उक्त कुराको पुष्टि गरेका हुन्।
फ्रान्सबाट कतार ट्रान्जिट हुँदै चैत ४ गते काठमाडौं आएकी ती नेपाली महिलाको स्वास्थ्य परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको देवकोटाले जानकारी दिए। उनी फ्रान्सबाट फर्किएर ुहोम क्‍वारेन्टाइनु मा बसेकी थिइन्। होम क्‍वारेन्टाइनमा बसेपछि स्वास्थ्य जाँचका लागि उनी टेकु अस्पताल पुगेकी थिइन्। यसअघि अर्का नेपाली नागरिकलाई कोरोना संक्रमण देखिएको थियो। तर उनी उपचारपछि ठीक भइसकेका छन्। योसँगै नेपालमै दुईजनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार