इलाम । अनेरास्ववियू जिल्ला कमिटी इलामको आयोजनामा इलाम जिल्लाका विभिन्न बस्तीमा कोरोना भाईरस सम्बन्धी सचेतनामुलक सामाग्री बाड्ने तथा जनचेतना जगाउने कार्यक्रम सम्पन्न भएको छ । इलाम नगरपालिका अन्तर्गत तिल्केनी, गोलाखर्क निगुरे, सिङफृङ, महाभिर, बाह्र बस्ती लगायतका बस्तीमा घर घरमा गएर कोरोना भाइरस बारे जनचेतना मुलक सामाग्री बितरण साथै जनचेतना जगाईएको अनेरास्ववियू जिल्ला कमिटी संयोजक प्रवेश पराजुलीले जानकरी दिए । २० भन्दा बढी समुहमा अनेरास्ववियू टोलि गाउँ गाउँ गएर जनचेतना जगाएको केन्द्रिय सदस्य रविन्द्र सुवेदीले बताए ।

उक्त अभियानमा अनेरास्ववियू केन्द्रिय सदस्य द्वय रबिन्द्र सुवेदी ,सन्दिभक्त शंकर , राष्ट्रिय युवा संघ नेपाल इलाम जिल्ला कमिटी सचिवालय सदस्य छत्र दर्लामी, जिल्ला कमिटी संयोजक प्रवेश पराजुली सह संयोजक बिपिन पोखरेल जिल्ला नेता मिलन खत्री नयन राई लगायत जुझारु युवाहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

अनेरास्ववियू जिल्ला कमिटी इलामको आयोजनामा आजै जिल्लाका दशै वटा स्थानिय तहका गाउँ बस्तिहरुमा सचेतनाका लागि घरदैलो अभियान संचालन गर्ने समेत संयोजक पराजुलीले जानकारी दिए उनले भने कोरोना बारेमा केही जान्कारी नभएको नागरिकलाई सचेत गर्न यो अभियान चलाएको बताए जसले गर्दा कोरोना आउन नदिन र आइहाले रोकथाम मा मद्दत गर्ने उनको तर्क छ ।
नेविसंघको सचेतनामुलक पोष्टर अभियान
नेपाल विधार्थी संघ गरुवा बहुमुखी क्याम्पसद्वारा माइ नगरपालिकाका १० स्थानमा कोरोना भाइरसको बारेमा संचेतना मूलक पोष्टर राख्ने सम्पन्न गरेको छ । विभिन्न विधालय,क्याम्पस,चोक बजार ,साथै सार्वजनिक स्थानमा माहामारीका रुपमा आएको कोरोना भाईरसका बारेमा सचेतना मुलक सामग्री राखेको हो । रोग लाग्ने कारण,रोगको लक्षण र बच्ने उपाय उक्त सामग्रीमा राखीएको छ ।

माई नगरपालिकाको पालटार, बिपि चौतारा शितली, शुक्रबारे बजार, जनता माबि चिसापानी, बिष्णेटार माबि महमाई, गरुवा बहुमुखी क्याम्पस, कालीखोला, सरस्वती माबि मुसेखोला, सिंहदेवि स्कुल बगैंचा र कलकत्ते महमाईमा सचेतना ब्यानर राखिएको सदस्य केशब बराईली जानकारी दिए । यस अघि पनि इलाम बजारका बिभिन्न स्थानमा नेबिसंघले सचेतना ब्यानर राखेको थियो ।