इलाम । इलाम जिल्ला संघीय निर्वाचन क्षेत्र एक प्रदेश निर्वाचन क्षेत्र नम्बर एकका संचालित खानेपानी योजनामा बजेट थप भएको छ । प्रदेश सरकारबाट संचालित ११ आयोजनाहरुमा चालु आर्थिक वर्षमा बजेट थप गरिएको हो । चालू आर्थिक वर्ष ०७६/०७७ मा खर्च हुने गरि जनतालाई स्वच्छ खानेपानीको उपलब्ध गराउन संचालित आयोजनाहरुमा बजेट थप गरिएको हो । खानेपानी डिभिजन कार्यलय पाँचथरको सिफारिसमा प्रदेश भौतिक पुर्बाधार बिकास मन्त्रालय तथा महाशाखाले खानेपानी आयोजनामा बजेट थप गरिएको प्रदेश सासंद खिनु लङ्वा लिम्बुले बताइन् ।

प्रदेश सरकारले ११ वटा खानेपानी आयोजनाको लागि रकम विनियोजन गरेको हो । जस अन्र्तगत पशुपतीनगर खानेपानी आयोजनाका लागि २० लाख विनियोजनासँगै २६ लाख ३१ हजार, पन्चकन्या लक्ष्मीपुर खानेपानी योजनाका लागि. थप २० लाख सहित २५ लाख ५२ हजार, इङ्ला जमुना खानेपानी योजनाका लागि थप २५ लाख सहित ३० लाख ५२ हजार , फिक्कल गोर्खे नयाँ बजार खानेपानी योजनामा थप बजेट ५ लाख सहित १० लाख ५२ हजार रुपैया रहको प्रदेश साँसद खिनु लङ्वा लिम्बुले बताइन् ।

त्यसैगरी माबुथाम खानेपानी योजनाक लागी ३० लाख बिनियोजन सहित ३५ लाख ५२ हजार, गोदक खानेपानी योजनाका लागि थप बजेट ३० लाख सहित ३५ लाख ५२ हजार, कन्याम पन्चकन्या लक्ष्मीपुर बृहत खानेपानी योजनाका लागि थप बजेट ३५ लाख सहित ४० लाख ५२ हजार, माइमजुवा खानेपानी योजनाका लागि थप ३५ लाख सहित ४० लाख ५२ हजार रहेको छ । खोलागाउ खानेपानी योजनामा थप बजेट ४० लाख बिनियोजन सहित ६५ लाख , थरी गाउँ गोर्खे–६ खानेपानीमा थप बजेट २५ लाख बिनियोजन सहित २८ लाख ९४ हजार, पशुपति नगर दोस्रो खानेपानी योजनामा थप बजेट २५ लाख सहित ५० लाख र बौद्धधाम गुणस्तर सुधार खानेपानीमा योजनामा . थप बजेट २० लाख रुपैया रहेको साँसद लङ्वाले बताइन् । योजनाहरुले पुर्णता पाएपछि खानेपानी समस्यामा केही समाधान हुने उनले बताइन् ।