काठमाण्डौ । नोबल कोराना भाइरसको संक्रमणलाई ध्यान दिई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको जन्मदिनको कार्यक्रम स्थगित भएको छ । उनका स्वकीय सचिव कृष्ण भट्टराइले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार खनालको ७१ औं जन्म दिवसको सम्पूर्ण कार्यक्रम स्थगित भएको हो । यद्दपि नेता खनाललाई शुभकामना टेलिफोन, एसएमएस, इमेल र फेसबुक पेजमार्फत गर्न स्वकीय सचिव भट्टराईले अनुरोध गरेका छन् ।
प्रचण्डद्वारा सबै भेटघाट स्थगित
यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पनि कोरोनाको माहामारीलाई मध्यनजर गर्दै अत्यावश्यक बाहेक सम्पूर्ण भेटघाट हाललाई स्थगित गरेको उनको सचिवालयले जनाएको छ । बिहीबार विहान गंगा दाहालले फेसबुकमार्फत् यसो जानकारी दिएकी हुन् । ‘विश्वभर महामारीका रुपमा फैलिदै गएको कोरोना भाईरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पुर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ।’ गंगा दाहालले फेसबुकमा लेखेकी छन् ।
https://www.facebook.com/seema.dahal/posts/10212621301367579