Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अमेरिकी सेनाले चीनको वुहानमा लगेको थियो कोरोना भाइरस ?

अमेरिकी सेनाले चीनको वुहानमा लगेको थियो कोरोना भाइरस ?

  •   एजेन्सी
  • शुक्रबार, फाल्गुन ३० २०७६


अमेरिकी सेनाले चीनको वुहानमा लगेको थियो कोरोना भाइरस ?

 बेइजिङ : चीनले कोरोना भाइरस वुहानसम्म ल्याउने काममा अमेरिकी सेनाको हात रहेको दाबी गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीबार रात ट्विटरमार्फत यस्तो भनेका हुन्। ‘कोरोना भाइरसबारे अमेरिकाले किन पारदर्शी शैली अपनाइरहेको छ ? यस्तो पनि त हुन सक्छ कोरोना भाइरस अमेरिकी सेनाकै कारण हाम्रो वुहान शहरसम्म पुगेको होला। ‘ झाओको यो भनाइ आउनु एक दिनअघि अमेरिकाले चीनले कोरोना भाइरसविरुद्ध एक्सन लिन धेरै ढिला गरिदिएको आरोप लगाएको थियो। ट्रम्प प्रशासनले चीनको ढिलासुस्तीकै कारण कोरोना भाइरस दोस्रो देशसम्म पुगेको आरोप लगाएको थियो। यसैबीच शुक्रवार विश्वभरमा यस संक्रमणबाट मर्नेको संख्या ५ हजार पुगेको छ।
अमेरिकाको आरोप
अमेरिका र चीनबीच कोरोना भाइरसबारे आरोप(प्रत्यारोपको नयाँ क्रम बुधवार सुरु भएको छ। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले चीनमाथि सिधा हमला साँधे। ‘कोरोना भाइरसविरुद्ध चीनले एकदमै ढिलो एक्सन लियो। यहीकारण विश्‍वले दुई महिनादेखि यसको दुष्परिणाम झेलिरहेको छ। यदि दुई महिना पहिले नै पत्ता लागेको भए यससँग जुध्न तयारी गर्न सकिन्थ्यो।’
चीनलाई षडयन्त्रको शंका
ओ ब्रायनको भनाइपछि चीनले कडा प्रतिक्रिया दिएको हो। विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले दुई ट्वीट गरे। ‘अमेरिका किन पारदर्शी रवैया अपनाउन सक्दैन। उसले आफ्ना लागि किन अस्पताल बनाएन। हुन सक्छ अमेरिकी सेनाले कोरोना भाइरस हाम्रो वुहान शहरमा ल्यायो। अब तपाईंहरु आफ्नो विवरण सार्वजनिक गर्नुस्। अमेरिका हामीसँग किन सफाइ चाहन्छ ?’

अमेरिकामाथि गम्भीर आरोप लगाए पनि झाओले यससँग जोडिएको कुनै प्रमाण भने सार्वजनिक गरेका छैनन्। अमेरिकी रवैया गैरजिम्मेवारपूर्ण मंगलवार चिनियाँ विदेश मन्त्रालयका अर्का प्रवक्ता गेङ्ग शुआङ्गले पनि कोरोना भाइरसबारे अमेरिकी रवैयाको आलोचना गरेका थिए। गेङ्गले भनेका थिए, ‘अमेरिकी अधिकारी कोरोना भाइरसलाई जुन किसिमको वक्तव्य गरिरहेका छन् त्यो अनैतिक र गैरजिम्मेवारपूर्ण छ। यसबेला अमेरिकाले आफ्नो शक्ति यो भाइरसको संक्रमण रोक्ने र सहयोग बढाउन लगाउनुपर्छ। चीनमाथि आरोप लगाएर केही पनि हासिल हुन सक्दैन।’
कोरोना भाइरस गत डिसेम्बरदेखि चीनको वुहान शहरबाट फैलिएको थियो। अहिलेसम्म यो भाइरस १२४ देशमा पुगिसकेको छ। शुक्रवार दिउँसोसम्म विश्‍वभरका १२४ देशमा पुगेको यो भाइरसको संक्रमण हुने एक लाख ३४ हजार ७ सय ६९ पुगेको छ। अहिलेसम्म ४ हजार ९ सय ९० जनाको ज्यान गइसकेको छ। थाहाखबरबाट साभार

प्रतिक्रिया
सम्बन्धित समाचार