नक्कली पासपोर्ट प्रकरणमा हाल पाराग्वे जेलमा रहेका पुर्व सहकर्मी रोनाल्डिन्होलाई जेलबाट छुटाउन बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले ४ मिलियन युरो खर्चिने भएका छन् । भाइ रोबर्टोसँग नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा पक्राउ परेका रोनाल्डिन्होलाई जेलबाट निकाल्न वकिल मगाउन खर्च गर्ने भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । रोनाल्डिन्हो र उनका भाइ रोबर्टो नक्कली कागजात पेश गरि पाराग्वे प्रवेश गरेको प्रहरी अधिकारीको भनाई छ ।
गत शुक्रबार विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उनका भाइको कोठामा प्रहरी छापा मार्दा पाराग्वे राष्ट्रियता उल्लेख भएको पासपोट प्रहरीले बरामद गरेको थियो । हाल उनी पाराग्वेको जेलमा रहेका छन् । । उनीहरू ब्राजिलियन प्रवेश कागजातहरू लिएर साओ पाउलोको ग्वारुल्होस एयरपोर्टमा पुगेका थिए तर असुनसियनमा विमानबाट उडान हुने बित्तिकै उनीहरूलाई पराग्वेको पासपोर्ट दिइएको थियो ।

गत जुलाईमा रोनाल्डिन्होको पासपोर्ट ब्राजिलका अधिकारीहरूले उनी गैरकानुनी निर्माण योजनामा संलग्न रहेको आरोपमा जफत गरेका थिए । तर त्यस पछि पासपोर्ट उनलाई फिर्ता गरिसकेका थिए । पछि उनी आफ्नो पासपोर्ट प्रयोग गरेर अमेरिका, युरोप र चीन गएका थिए । मेस्सी र रोनाल्डिन्होले ४ वर्ष एकसाथ बार्सिलोनाबाट खेलेका थिए । विश्वकप विजेता उनले २००३ देखि २००८ सम्म क्याप नोउमा रहेर खेलेका थिए । सन २००४ र २००५ को फिफा बर्ष खेलाडी उनले बालोन डि ओर अवार्ड समेत जितेका थिए । १६ जनवरी २०१८ पछि व्यवसायिक फुटबलबाट सन्यास लिएर रोनाल्डिन्होले फुटसल खेल अगाडी बढाएका थिए ।