Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

१३ औ सागको स्वर्ण बिजेता देविका गृह जिल्ला झापामा सम्मानित

१३ औ सागको स्वर्ण बिजेता देविका गृह जिल्ला झापामा सम्मानित

  • सन्देश सम्वाददाता
  • मंगलबार, फाल्गुन २७ २०७६


१३ औ सागको स्वर्ण बिजेता देविका गृह जिल्ला झापामा सम्मानित

झापा जिल्ला जुडो संघले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक विजेता देविका खड्कालाई सम्मान गरेको छ । जुडो खेलको माध्यमबाट अन्तराष्ट्रिय पहिचान निर्माण गर्न सफल झापाली चेली देवीकालाई सम्मान पत्र र दोसल्ला ओढाएर संघले सम्मान गरेको हो । सम्मानित खड्का पश्चिम दक्षिणी झापा गाउँपालिकाकी स्थायी बासिन्दा हुन् भने सशस्त्र प्रहरी बलको टोलीबाट जुडो खेलमा प्रतिष्पर्धा गर्दै आएकी छिन् ।
संघका अध्यक्ष प्राध्यापक डाक्टर पृथ्वीविक्रम राईको अध्यक्षता तथा रूद्र—गौरी श्री—अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जापानी जुडो प्रशिक्षक मिसाखी यामादालाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने कार्यक्रमको सञ्चालन सचिव गंगा खड्काले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार