Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

माईभ्याली गोल्डकप : सिक्किम र आयोजकको क्वाटरफाइनल पुग्ने दाउ

माईभ्याली गोल्डकप : सिक्किम र आयोजकको क्वाटरफाइनल पुग्ने दाउ

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन १६ २०७६


माईभ्याली गोल्डकप : सिक्किम र आयोजकको क्वाटरफाइनल पुग्ने दाउ

इलाम । इलाममा जारी छैटौ संस्करणको माईभ्याली गोल्डकपको दोश्रो प्रि क्वाटरफाइनल खेलमा आयोजक माईभ्याली फुटबल क्लबले पाहुना टोली सिक्किमको सामना गर्दैछ । इलामे मैदानमा यि दुई टोली पहिलो पटक प्रतिस्पर्धा गर्दैछन् । ठुलो टुडिखेलमा हुने प्रतियोगितामा बिजय हासिल गर्दै आयोजक टोली दोश्रो पटक जित निकाल्ने लक्ष्यका साथ मैदान उत्र्ने छ । पहिलो पटक माईभ्यालीमा सहभागी पाहुना टोली ग्यान्टोक आयोजक माथी जित निकाल्दै उपाधीको दावेदारी प्रस्तुत गर्ने लक्ष्यका साथ उत्र्दै छ ।
आयोजक टोलीले पछिल्लो पटक चौथौ संस्करणको प्रिक्वाटरफाइनल खेलमा कास्की ११ माथी ३–२ गोल अन्तरको जित निकालेको थियो । क्वाटरफाइनल खेलमा आयोजकलाई ए डिभिजन क्लब मनाङ मस्याङदीले १–० गोल झिनो अन्तरले हराएको थियो । गत संस्करणको प्रतियोगिताको पहिलो खेलमै आयोजक टिमलाई भारतकै दार्जिलिङ युनाइटेडले १–० ले हराएको थियो ।
पाहुना टोलीले यसै महिना भारतकै १५ औ सकुुना गोल्डकपको क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । आजको खेल जित्ने टोलीले कलकत्ता प्रिमियर लिग क्लब मोहम्मडेन स्र्पोटिङसंग प्रतिस्पर्धा गर्नेछ । आयोजक टिम च्यासल क्लबका डिफेन्डर छिरिङ गुरुङ, लिगका उदियमान खेलाडी दर्शन गुरुङ केही अफ्रिकन खेलाडीको साथमा मैदान उत्रने तयारीमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार