Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पत्ता लाग्यो कोरोना भाइरसको ‘भ्याक्सिन’

पत्ता लाग्यो कोरोना भाइरसको ‘भ्याक्सिन’

  • सन्देश सम्वाददाता
  • बुधबार, फाल्गुन १४ २०७६


पत्ता लाग्यो कोरोना भाइरसको ‘भ्याक्सिन’

विश्वका लागि निकै चुनौतीपूर्ण बनेको कोरोना भाइरस ९कोभिड १९० विरुद्धको मुखबाट लिन सकिने ‘भ्याक्सिन’ पत्तालागेको छ। चीनको थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको टोलीले सो भ्याक्सिन पत्तालागाएको हो। उनी आफैँले विकास गरेको सो ट्याबलेटको चार डोज प्रयोग गरेका थिए। सो क्रममा उनमा कुनै साइड इफेक्ट देखानपरेको उल्लेख छ।
साथै सो विद्यालयले उक्त औषधिलाई क्लिनिकल परीक्षण र आम रुपमा उत्पादन गर्नका लागि साझेदारको खोजी गरीरहेको चिनियाँ अंग्रेजी दैनिक अखबार ग्लोबल टाइम्सले जनाएको छ। सो टोलीले क्याप्सुलका रुपमा केही नमुना चक्कीहरू तयार गरेको र उनीहरू ‘भ्याक्सिन’ निर्माणमा महत्वपूर्ण मानिएको प्रोटिनको पुनमिलन हुने क्षमता, निर्माण तथा खण्डीकरण प्रणालीलाई प्रभाव पार्न सक्ने प्रविधिको विकास गर्न सफल भएका छन्।
उक्त ‘भ्याक्सिन’लाई मुखबाट लिँदा त्यसले भाइरसलाई मानिसको शरीरको भित्री मांसपेसीसम्म जानबाट रोक्ने तहलाई सक्रिय बनाइ कोरोनाको संक्रमण हुनबाट रोक्नुका साथै यसले संक्रमितको उपचारमा समेत सहयोग पुग्ने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार