इलाम । उदयपुरमा सम्पन्न कटारी मेयरकप आमन्त्रिक मार्सल आर्टस महोत्वसमा उसु विधा तर्फको उपाधी इलाम नगरपालिकाले जितेको छ । ११ स्थानिय तहको सहभागीता रहेको प्रतियोगितामा ३ स्वर्ण ३ रजत र २ कास्य सहित इलाम नगरपालिका प्रदेश च्याम्पियन बनेको हो । इलामकी सविना मुखिया, इच्छा लङ्वा लिम्बु र बविता गुरुङले स्वर्ण पदक जितेका थिए । दिपेश मगर, प्रविन राई र अनिका मुखियाले रजत पदक प्राप्त गरे । अनुप मुखिया र विजय लिम्बुले कास्य पदक प्राप्त गर्न सफल रहे ।

प्रतियोगितामा ३ स्वर्ण २ रजत र १ कास्य पदक प्राप्त गर्दै उदयपुरको त्रियुगा नगरपालिका दोश्रो स्थान प्राप्त गर्न सफल रहयो । आयोजक कटारीले २ स्वर्ण ३ रजत र ४ कास्य प्राप्त गर्दै तेश्रो स्थान हासिल ग¥यो । शुक्रबार इलाम नगर प्रमुख महेश बस्नेतले उदयपुरमा प्रतियोगितामा सहभागीता जनाउने १२ जना खेलाडीलाई बिदाइ गरेका थिए । जसमा ९ जनाले पदक प्राप्त गरे । प्रतियोगिताको महिला तर्फ उत्कृष्ट खेलाडी इलामकै इक्सा लङवा घोषित भएकी प्रशिक्षक खेम थापाले जानकारी दिए ।