Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

सताक्षी गोल्डकप : गोर्खा ब्वाइज र मछिन्द्र भिडदै

सताक्षी गोल्डकप : गोर्खा ब्वाइज र मछिन्द्र भिडदै

  • सन्देश सम्वाददाता
  • बुधबार, फाल्गुन ७ २०७६


सताक्षी गोल्डकप : गोर्खा ब्वाइज र मछिन्द्र भिडदै

इलाम । तेश्रो सताक्षी गोल्डकपको सेमीफाइनल प्रवेशका लागी ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र गोर्खा ब्बाइज रुपन्देही भिडदै छन् । झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठान रङ्गशालामा जारी प्रतियोगिताको आजको खेलसँगै सेमीफाइनल भिड्ने टिम पक्का हुनेछ । मंगलबार भएको खेलमा दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई २–१ अन्तरले स्तब्ध पार्दै विभागीय टोली त्रिभुवन आर्मी सेमीफाइनल प्रवेश गरेको छ । आर्मीको जितमा दुवै गोल टेकबहादुर बुढाथोकीले गरे ।
मानेभञ्ज्याङका लागी रैकत बुअमले सान्तवना गोल फर्काए । खेलको छैटौ मिनेटमा बुढाथोकीले आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । दोश्रो हाफको सुरुवातमै खेलमा फर्कदै मानेभञ्ज्याङले बराबरी ग¥यो । ४७ औ मिनेटमा बुअमको फ्रिकिक प्रहार सिधै जाली चुमेको थियो । थप समयको अन्तिम मिनेटमा बुढाथोकीले दोस्रो गोल गर्दै आर्मीको जित निश्चित बनाए ।
खेलको म्यान अफ दि आर्मीका सेसेहाङ आङ्दाम्बे घोषित भए । उने नगद १० हजार रुपैयाँ प्राप्त गरे । सतासीधाम स्पोर्टिङ क्लबल आयोजना गरेको प्रतियोगिताका विजेताले नगद ६ लाख र उपविजेता ३ लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार