Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

रेड हर्ष इलामले उचाल्यो कचनकवल गोल्डकपको उपाधि

रेड हर्ष इलामले उचाल्यो कचनकवल गोल्डकपको उपाधि

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन ५ २०७६


रेड हर्ष इलामले उचाल्यो कचनकवल गोल्डकपको उपाधि

भद्रपुर । तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि रेड हर्ष फुटबल क्लब इलामले उचालेको छ। कचनकवल गाउँपालिका ६ स्थित बनियानी खेल मैदानमा सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड ललितपुरलाई २–० अन्तरले पराजित गर्दै रेड हर्ष इलामले उपाधि उचालेको हो। उपाधिसँगै  इलामले नगद एक लाख ५० हजारसहित शिल्ड तथा प्रमाणपत्र पाएकाे छ ।
उपविजेता बनेको चर्च ब्वाइजले नगद एक लाखसहित शिल्ड तथा प्रमाणपत्र पाएकाे छ। उपाधि आफ्नो पोल्टामा पार्न इलामले पहिलो हाफमा दुवै टिमले आक्रामक खेल देखाएको थियो । पहिलो हाफ गोलरहित बन्यो। दोस्रो हाफको ४६ औं मिनेटमा इलामले गोल गर्दै अग्रता लियाे। इलामको तर्फबाट किस्मत राईले गोल गरे। खेलको ६९ औं मिनेटमा इलामले थप १ गोल ग¥यो ।
इलामका तर्फबाट मनिष थापाले गोल गरे। प्रतियोगिताको म्यान द सिरिज चर्च ब्वाइजका रोशन सुब्बा, उत्कृष्ट गोलकिपर इलामका सौरभ सुवेदी र सर्वाधिक गोलकर्ता इलामका किस्मत राई घोषित भए। उनीहरूलाई ट्रफि प्रदान गरिएको थियो। बनियानी युवा क्लबका अध्यक्ष हरि बस्नेतको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा प्रदेश सांसद वसन्त बानियाँ, कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलम, ६ नम्बर वडा अध्यक्ष कुलबहादुर कार्कीलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार