Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

पवित्रहाङमा कप : माउन्ट एभरेष्टलाई हराउँदै लेटाङ फाइनलमा प्रवेश

पवित्रहाङमा कप : माउन्ट एभरेष्टलाई हराउँदै लेटाङ फाइनलमा प्रवेश

  • सन्देश सम्वाददाता
  • बुधबार, माघ २९ २०७६


पवित्रहाङमा कप : माउन्ट एभरेष्टलाई हराउँदै लेटाङ फाइनलमा प्रवेश

माङसेबुङ : लेटाङ एफसी माङसेबुङमा जारी १० औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हिजो सम्पन्न दोश्रो सेमीफाइनल खेलमा माउन्ट एभरेस्ट क्लब सुनसरीलाई टाइव्रेकरमा ५–४ गोल अन्तरले हराउँदै लेटाङ फाइनल प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट १/१ गोल भएको थियो । लेटाङका लागी नेपाली महिला राष्ट्रिय फुटबल टिमकी पुर्व डिफेन्डर मनकुमारी लिम्बु र माउन्ट एभरेस्टका लागी मुना मगरले गोल गरेकी थिइन् । खेलको वुमन अफ दि म्याच लेटाङकी गोलरक्षक कल्पना क्षेत्री घोषित भइन् । लेटाङले उपाधीको लागी एपीएससी माङसेवुङसंग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमीफाइनलमा चुलाचुली खेलकुद विकास समितिलाई ४–० ले हराउँदै माङसेवुङ यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।


प्रतियोगिताको विजेताले नगद १ लाख १ सय ६४ रुपैयाँ र उपविजेता टिमले नगद ७५ हजार १ सय ६४ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक जनही तीन हजार एक सय ६४ रुपैयाँ प्राप्त गर्नेछन् ।
आगामी फागुन २ गते फाइनल हुने प्रतियोगितामा फूटबलका साथै अन्य विभिन्न खेलहरु पनि हुनेछन् । अन्य खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, लठ्ठा तान्नेलगायतका खेलहरु सञ्चालन हुने जनाइएको छ ।
पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ । म्याराथुनमा प्रथम हुनेले ५ हजार १ सय ६४, दोस्रोले ४ हजार १ सय ६४, तेस्रोले ३ हजार ३ सय ६४ र सान्तवना हुनेले २ हजार १ सय ६४ रुपैयाँ सहित मेडल र प्रमाण पत्र पाउँनेछन् । साथै छेलो (पक्लुङ) र अन्य अतिरिक्त खेलकुदमा सहभागी भई विजेता हुने खेलाडीहरुले पनि आकर्षक पुरस्कार दिइने आयोजकले जनाएको छ । विगत वर्षहरुझैं यसवर्ष पनि मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा प्रतियोगिता संचालित छ

प्रतिक्रिया
सम्बन्धित समाचार