एकदिवसीय क्रिकेटमा डेव्यु गरेका कुशल मल्लले नेपाललाई सातौ सफलता दिलाएका छन् । उनले एल्मोर हुचिन्सनलाई ३ रनमा बोल्ड गरे । मल्लले ६ ओभर बलिङ गर्दै १ मेडनका साथमा १० रन खर्च्दै १ विकेट लिएका छन् ।
यसअघि सन्दिप लामिछानेले एरोन जोन्सलाई ५ र मोनाक पटेललाई ४ रनमा एलबीडब्लु आउट गरेका थिए । त्यसैगरी करन केसीले ओपनर जेभियल मार्सललाई २ र स्टेभेन टेलरलाई शुन्य रनमा क्याच आउट गराएका थिए । सुसन भारीले अक्षय होमराजलाई ५ र करिमा गोरेलाई १० रनमा क्याच आउट गराएका थिए ।