Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

नेपाली मिडफिल्डर अनिता सम्मिलित सेथु शिर्ष स्थानमा

नेपाली मिडफिल्डर अनिता सम्मिलित सेथु शिर्ष स्थानमा

  • सन्देश सम्वाददाता
  • सोमबार, माघ २० २०७६


नेपाली मिडफिल्डर अनिता सम्मिलित सेथु शिर्ष स्थानमा

इलाम । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसी भारतिय महिला लिगमा समुह ए को शिर्ष स्थानमा उक्लिएको छ । बेङग्लरु रंगशाला भएको खेलमा किक स्टारलाई ३–० गोल अन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन सेथु ४ खेलमा ९ अंक जोडदै शिर्ष स्थानमा उक्लिएको हो । सेथुको जितमा सन्ध्याले २ र सुमित्राले १ गोलको योगदान दिइन् ।
सन्ध्याले खेलको १२ औ मिनेटमा सुरुवाती अग्रता दिलाएकी थिइन् । ३९औं मिनेट सुमित्राले गोल गर्दै अग्रता दोब्बर पारिन् । पुन : ९० औ मिनेटमा सन्ध्याले व्यक्तिगत दोश्रो गोल गरेपछि सेथु ३–० ले बिजयी बन्यो । खेलको हिरो अफ दि म्याच सन्ध्या घोषित भइन् । उनलाई भारतिय महिला फुटबल टिमकी प्रशिक्षक मेहमुल रक्कीले नगद ५ हजार प्रदान गरिन् । २ जित र २ मा हार भोगेको किकस्टार ६ अंकमा तेस्रो स्थानमा छ ।
सावित्रा सर्वाधिक गोलकर्ताको शिर्ष स्थानमा
समुह बी मा रहेको सावित्रा भण्डारी सम्मिलीत गोकुलम केरला एफसी ९ अंकमा शीर्ष स्थानमा छ । अपराजित रहेको सावित्रा सम्मिलित गोकुलमलाई ६ अंकका साथ केन्क्रे एफसीले पछयाइरहेको छ । सावित्रा जारी प्रतियोगितामा ११ गोलको साथ शिर्ष स्थानमा छिन् । ९ गोल गरेकी सन्ध्याले उनलाई पछयाइरहेकी छन् ।
अघिल्लो संस्करण सेथुबाट खेलेकी सावित्रा कुल १५ गोल गर्दै दोश्रो स्थानमा थिइन् । उनी भन्दा अघि मनिपुर एफसीबाट खेलेकी भारतिय टिमकी स्ट्राइकर गङ्गोम वालादेवीले २६ गोल गरेकी थिइन् । दुवै संस्करण सेथुबाट खेलेकी मिडफिल्डर अनिताले गोल गर्न सकेकी छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार