Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

साम्बा चम्किएपछि केन्क्रेकाे पोष्टमा गोकुलमको १० गोल

साम्बा चम्किएपछि केन्क्रेकाे पोष्टमा गोकुलमको १० गोल

  • सन्देश सम्वाददाता
  • मंगलबार, माघ १४ २०७६


साम्बा चम्किएपछि केन्क्रेकाे पोष्टमा गोकुलमको १० गोल

नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) को ५ गोलको मद्धतमा इन्डियन वुमन लिग (आईलिग) मा गोकुलम केरला एफसीले केन्क्रे एफसी मुम्वईमाथी सानदार जित निकालेको छ । मंगलबार आफ्नो दोस्रो खेल खेलेको गोकुलमले केन्क्रे एफसीलाई १०–१ को फराकिलो हरायो । बेङलारु रंगशाला भएको खेलमा केन्क्रे विरुद्ध तेश्रो मिनेटमा नै गोकुलमले अग्रता बनाएको थियो । सावित्राको प्रहार रिवाउन्ड भएपछि पाएको अवसरमा करिश्माले पहिलो गोल गरेकी थिइन् ।
खेलको सातौ मिनेटमा सावित्राले व्यक्तिगत पहिलो गोल गरिन् । १९ औ मिनेटमा दोश्रो गोल थपिन् । पहिलो हाफको इन्जुरी समयमा ह्रयाट्रिक पुरा गरिन् । ४८ औ मिनेटमा चौथो र ६१ औ मिनेटमा पाँचौ गोल गरिन् । १८ औ मिनेटमा करिश्माले व्यक्तिगत दोश्रो गोल गरिन् । २० औ मिनेटमा मनिषाले गोल थपिन् । ३१ औ मिनेटमा ग्रेसले टिमका लागी छैटौ गोल गरिन् । ३५ औ मिनेटमा केन्क्रेकी कप्तान सोम्याले गोल फर्काएर अग्रता कम बनाइन् । ५२ औ मिनेटमा करिश्माले ह्रयाट्रिक पुरा गरिन् । ५ गोल गरेकी सावित्रा वुमन अफ दि म्याच चुनिइन् । प्रतियोगिताको २ खेलमा सावित्राको गोल संख्या ६ पुगेको छ । यसअघि पहिलो खेलमा श्रीभुमी विरुद्ध निर्णायक गोल गरेकी थिइन् ।
लिगमा अहिले नेपाली टिमकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसीले कृप्सा एफसीसँग प्रतिस्पर्धा गर्दैछ । अघिल्लो सिजनमा सावित्रा र अनिता दुवै जनाले सेथुबाट खेलेका थिए । सावित्रा यस सिजनमा ७ नम्बर जर्सीमा मैदान देखा परेकी छन् । अनितालाई सेथुले ११ नम्बर जर्सी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार