आइसीसी महिला विश्वकप २०२१ आयोजना हुने सहरको टुङगो लागेको छ । आगामी संस्करण न्युजिल्यान्डमा हुन तय भएपनि प्रतियोगिता हुने स्थान तय भएको थिएन् । अन्तराष्ट्रिय क्रिकेट बोर्ड (आइसीसी) ले न्युजिल्यान्डको अकल्यान्ड, वेलिङटन, हेमिल्टन, टौराङ्गा, दुनेदिन र क्राइस्टचर्चमा प्रतियोगिता हुने टुङगो लगाएको हो । ६ फेव्रुअरी देखी ७ मार्च २०२१ सम्म हुने प्रतियोगिताको उदघाटनसत्र अकल्यान्डको इडन पार्कमा हुने छ । फाइनल खेल क्राइस्टचर्चको हेग्ले ओभलमा हुनेछ । सेमीफाइनलका खेलहरु हेमिल्टनको सेडन पार्क र टौराङगाको वेय ओभलमा हुने आइसीसीले जनाएको छ । प्रतियोगिता अन्र्तगत ८ राष्ट्रले ३१ खेल खेल्ने छन् ।

ICC Women’s Cricket World Cup 2021, Chair, Liz Dawson, during the ICC Women’s Cricket World Cup Host City Announcement, held at Kohimarama Yacht Club, Auckland, New Zealand. 23 January 2020 Photo: Brett Phibbs / PhibbsVisuals
हालसम्म प्रतियोगिताको लागी आयोजक सहित ३ राष्ट्रको मात्र टुङगो लागेको छ । आयोजकको हैसियतले न्युजिल्यान्ड तथा आइसीसी वुमन च्याम्पियनसिपको शिर्ष २ मा पर्ने अष्ट्रेलिया र इङल्यान्डको मात्र टुङगो लागेको हो । आइसीसी वुमन क्रिकेट बल्र्डकपकी सिइओ एन्ड्रिया नेल्सनले भनिन् ‘ हाम्रो लक्ष्य ३१ वटै खेल उत्कृष्ट भुमीमा खेलाइनेछ जसमा भौगोलिक फैलावट छ । किवी खेल प्रशंसकहरुलाई खेलमा जोडनका लागी उत्तम संभावना रहन्छ’ नेल्सनले भनिन् ‘ विश्वका सर्वश्रेष्ठ खेलाडीहरुको स्वागत गर्ने मौकाका लागी बोली लगाउनको लागी उत्साह देखेर खुशी लाग्यो ।’

White Ferns, Sophie Devine with former White Fern, Rebecca Rolls, and South African Dane van Niekerk and India’s Mithali Raj, during the ICC Women’s Cricket World Cup Host City Announcement, held at Kohimarama Yacht Club, Auckland, New Zealand. 23 January 2020 Photo: Brett Phibbs / PhibbsVisuals
अकल्यान्डको कोहिमार बीचमा आयोजक सहर घोषणापछि बीच क्रिकेट खेलिएको थियो । जसमा भारतिय क्रिकेटर मिथाली राज, न्युजिल्यान्डकी नवनियुक्त कप्तान सोफी डेभिन, सुजी बेट्स, अमेलिया केर तथा ब्ल्याक क्याप उपमा पाएको न्युजिल्यान्डको पुरुष टोलीका टोम लाथम, हेनरी निकोलस तथा सन २००० को विश्वकप विजेता इमिली ड्रम र रेबेका रोल्सको सहभागीता थियो ।

General view, during the ICC Women’s Cricket World Cup Host City Announcement, held at Kohimarama Yacht Club, Auckland, New Zealand. 23 January 2020 Photo: Brett Phibbs / PhibbsVisuals
किवी टिमकी कप्तान डेभिनले घरेलु भुमीमा विश्वकपको प्रतिस्पर्धा अविश्वसनीय मौका रहेको बताइन् । उनले घरेलु भुमीमा उपाधी रक्षाका लागी तयार रहेको बताइन् । आगामी बर्ष हुने प्रतियोगिताको पुरस्कार राशीमा समेत वृद्धि गरिएको छ । २०१७ को बिजेता इङल्यान्डले २ मिलियन डलर प्राप्त गरेकोमा आगामी बर्ष हुने बिजेताले ३.५ मिलियन पाउने आइसीसीले जनाएको छ । सन २०१७ को ११ औ संस्करण इङल्यान्ड टिमले भारतलाई ९ रनले हराउँदै जितेको थियो ।
आगामी फेव्रुअरीबाट टि–२० विश्वकप
आगामी २१ फेव्रुअरीबाट ८ मार्च २०२० सम्म टि–२० महिला विश्वकप समेत हुँदैछ । अष्ट्रेलियाको ४ वटा सहरको ८ वटा रंगशालमा हुने प्रतियोगितामा १२ राष्ट्रको सहभागीता रहेको छ । टिमहरुलाई २ समुहमा बिभाजन गरिएको छ । समुह ए मा आयोजक तथा गत संस्करणको बिजेता अष्ट्रेलिया सहित भारत, न्युजिल्यान्ड, श्रीलंका र बंगलादेश रहेका छन् ।
समुह बीमा गत संस्करणको उपविजेता इङल्यान्ड सहित दक्षिण अफ्रिका, वेस्ट इन्डिज, पाकिस्तान र थाइल्यान्ड रहेका छन् । प्रतियोगिता बिजेताले १ मिलियन डलर तथा उपविजेता ५ लाख डलर प्राप्त गर्नेछन् ।