Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

आइतबारे रनिङ ट्रफी : जनता सेभेन फिक्कल फाइनलमा प्रवेश

आइतबारे रनिङ ट्रफी : जनता सेभेन फिक्कल फाइनलमा प्रवेश

  • चन्द्रकान्त पाैडेल
  • बिहिबार, माघ ९ २०७६


आइतबारे रनिङ ट्रफी : जनता सेभेन फिक्कल फाइनलमा प्रवेश

आइतबारे : जनता सेभेन फिक्कल १६ औ संस्करणको आइतबारे रनिङ ट्रफी खुल्ला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमीफाइनल खेलमा सिसा क्लासिक तीनघरेलाई ६–१ फराकिलो गोल अन्तरले हराउँदै फिक्कलले कम्तीमा ५० हजार १ सय ११ रुपैया सुरक्षित गरेको हो । फिक्कलको जितमा अर्जुन गुरुङले ह्रयाट्रिक गरे । त्यसैगरी सचिन यल्माेले २ र सङगम यल्माेले १ गोल गरेका थिए भने पराजित तीनघरेका लागि एक मात्र सान्त्वना गोल अबिशेक राईले गरेका थिए।


प्रतियोगिता अन्तर्गत आज अन्तिम सेमिफाइनलमा खुदुनाबारी स्पोर्टिङ क्लब र टि वाइ सि तीन घरेका बिच हुनेछ । माघ २ गतेबाट शुरु प्रतियोगितामा इलाम र झापाका गरि १६ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको बिजेता टिमले नगद ८० हजार १ सय ११ र उपबिजेता टिमले ५० हजार १ सय ११ प्राप्त गर्नेछ्न। प्रतियोगिताको फाइनल खेल माघ ११ गते शनिबार हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार