धनकुटा । धनकुटामा जारी शहिद रामकृष्ण श्रेष्ठ प्रदेश नम्बर एक स्तरिय फुटबलमा धनकुटा बिजयी भएको छ । आज भएको पहिलो खेलमा इलाम एघारलाई टाइव्रेकरमा ५–४ गोल अन्तरले हराउँदै धनकुटा सेमीफाइनल प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि निर्णयका लागी टाइव्रेकर रोजिएको थियो । धनकुटाकी सुस्मिता राई, अन्जना थुलुङ्ग, अनिता लम्जेल, भुमिका राई र सुनिता तामाङको प्रहारले जाली चुम्यो । इलामकी प्रिया राई गोल गर्न चुक्दा सेमीफाइनल पुग्ने अवसर गुमायो ।
इलामकी केशिका राई, सृजन खवास, सोमरनी बान्तवा रअनिता राईको प्रहारले मात्र जाली चुम्यो । खेलको वुमन अफ द म्याच धनकुट्टा फुटबल संघकी भुमिका राई घोषित बन्दै नगद ३ हजार र मेडल प्राप्त गरिन् । दोश्रो खेलमा कन्काई नगरपालिका महिला क्लब झापा र पाँचथर फुटबल क्लब बीच भइरहेको छ । प्रतियोगितामा धरान महिला फुटबल क्लब सुनसरी, मोरङ ११, कन्काई नगरपालिका महिला क्लब झापा, पाँचथर फुटवल क्लब, धनकुटा फुटबल क्लब, इलाम फुटबल क्लब, बसाह फुटबल क्लब उदयपुर र कर्ण सिंह सोनाम फुटबल क्लव ताप्लेजुङ गरी ८ टिमको सहभागिता रहेको छ।
प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख रुपैयाँसहित गोल्ड कप, मेडल र दोस्रो हुनेले नगद ५० हजार रुपैयाँसहित मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ। धनकुटामा रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले शहीद रामकृष्ण श्रेष्ठ प्रदेश १ स्तरीय गोल्ड कप महिला फुटबल प्रतियोगिताको आयोजना गरेको हो।