Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बिएन्डसी अस्पतालका संचालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले दियो अनुमति

बिएन्डसी अस्पतालका संचालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले दियो अनुमति

  • सन्देश सम्वाददाता
  • बिहिबार, माघ २ २०७६


बिएन्डसी अस्पतालका संचालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले दियो अनुमति

काठमाण्डौ । जिल्ला अदालत भक्तपुरले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ । प्रसाईं भने फरार छन् । २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए । त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए । तर उनी नभेटिएको प्रहरी स्रोतले बताएको छ ।
बीएण्डसी मेडिकल कलेजको सम्वन्धनका लागि उपाध्यक्ष डा गिरीले आफूसँग २० करोड रुपैयाँ घुस मागेको भन्दै प्रसाईले गिरीमाथी आरोप लगाएका थिए । त्यसलगत्तै डा गिरीले त्यही दिन अर्को पत्रकार सम्मेलन गरेर आरोपको खण्डन गरेका थिए। उनले आरोप मिथ्या रहेको भन्दै त्यसविरुद्ध कानुनी उपचारका लागी अदालतको ढोका ढक्ढक्याएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार