Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलामका दर्शनको गोलमा एनआरटीको तेश्रो जित

इलामका दर्शनको गोलमा एनआरटीको तेश्रो जित

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस २८ २०७६


इलामका दर्शनको गोलमा एनआरटीको तेश्रो जित

काठमाण्डौ । दर्शन गुरुङको निर्णायक गोलको मद्धतमा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्यूरोड टिम एनआरटीले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जित दिलाउन ७६ औ मिनेटमा गुरुङले गरेको गोल नै निर्णायक बन्यो । डिबक्स भित्रबाट उनको कडा प्रहार सिधै गोल भएको थियो । एनआरटीविरुद्ध बल पोजिसनमा पकड जमाएपनि पुलिसले गोल गर्न सकेन ।
खेलको ३७ औं मिनेटमा डिबक्स भित्रबाट पुलिसका सुमन लामाको कडा प्रहार एनआरटीका गोलरक्षक अजित प्रजापतिले पन्च गर्दै गोलको खडेरी टारेका थिए । त्यसअघि खेलको २५ औं मिनेटमा पुलिसका लेफ्ट ब्याक रबिन श्रेष्ठ चोटका कारण मैदानबाट बाहिरिएका थिए । उनको स्थानमा अन्जन राई मैदान छिरेका थिए ।
खेलको ४८ औं मिनेटमा पुलिसका मान बहादुर परियारको हेड बल एनआरटीका मिडफिल्डर एरिक बिष्टले गोललाइनबाट क्लिएर गरेका थिए । यस्तै खेलको अतिरिक्त समयमा पुलिसका अन्जन राईले डिबक्स बाहिरबाट हानेको लामो प्रहार क्रसबारमा लागेर फर्किदा पुलिस बराबरी गर्न चुक्यो । एनआरटीले पनि केहि अवसर खेर फालेको थियो । खेलको ७८ औं मिनेटमा राजेश परियारले डिबक्स भित्रबाट हानेको कडा प्रहार पुलिस गोलरक्षक शत्रुधन चौधरीले बचाउ गरे ।
जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । लिगमा एनआरटीको यो तेस्रो जित हो । एनआरटीले ६ खेलमा ८ अंक जोडेको छ । पुलिसको यो दोस्रो हार हो । पुलिस ६ खेलमा ८ अंकसहित सातौं स्थानमा झरेको छ । त्यस्तै दिउँसो ३ बजे सुरु हुने दोस्रो खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र च्यासल युथ क्लब भिड्नेछन्। यी दुई टोली आज दोस्रो जितको खोजीमा हुनेछन्।
एपीएफले ५ खेलबाट एउटामा मात्रै जित निकालेको छ भने एउटा खेलमा बराबरी गरेर जम्मा ४ अंक जोडेको छ। एपीएफ अन्तिमबाट दोस्रो स्थानमा रहेको छ। च्यासल युथ क्लबले पनि १ एउटा खेलमा जित निकाल्दा दुईमा बराबरी गर्दैै पाँच अंक जोडेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार