इटहरी । प्रदेश नम्बर १ को इटहरीमा रहेर लामो समयदेखि अभिनय क्षेत्रमा कार्यरत नायक तथा मोडल माधव केसी बक्स अफिस म्यूजिक भिडियो अर्वाडको नोमिनेशनमा परेका छन् । इलामको जिरो स्थायी घर भएका माधवले यसअघि पनि बिभिन्न पुरस्कार र सम्मान पाइसकेका छन् । पोखरामा भएको नोमिनेशन कार्यक्रममा देशभरीबाट उनि टप पाँचौंमा मोडल केसी अर्वाडका लागि नोमिनेशनमा परेका हुन् । देशभरबाट बिभिन्न गीतको म्यूजिक भिडियोमा अभिनय गर्ने १० जना मोडल तथा कलाकार छनौट भएका हुन् ।
प्रदेश नम्बर १ मा नै रहेर निरन्तर अभिनय क्षेत्रमा लागि पर्ने एक मात्र नायकका रुपमा स्थापीत केसीले प्रविण कुमार कार्कीको शब्द र गणेश रिजालको स्वर तथा कुन्दन राईको संगीतमा सजिएको मार्मिक गीत थाहा छैन जीवनको अर्थमा माझीको भूमिकामा अभिनय गरेका छन् । सोही गीतमा गरेको जीवन्त अभिनयबाट केसी बक्स अफिस म्यूजिक अर्वाडका लागि ५ औं स्थानमा नोमिनेशनमा परेका हुन् ।
४० भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका केसीका अनुसार अब केही समयमा मस्कोमा आयोजना हुने फाइनलमा अर्वाडका लागि उनि प्रतिष्पर्धा गर्दैछन् । केसी भन्छन् नोमिनेशनबाट नेपालको जुनै पनि स्थानमा रहेर सहि काम गरे एक दिन न एक दिन मूल्याङ राम्रो हुने रहेछ भन्ने आफुलाई लागेको उनले बताए । नोमिनेशनले आफुलाई अभिनय क्षेत्रका साथै समाजिक कार्यमा थप शसक्त भएर कार्य गर्न उर्जा मिलेको उनको भनाई छ । अर्वाडका लागि देश विदेशमा रहेका कलाप्रेमी दर्शकहरुले माया गर्ने आफुलाई पूर्ण विश्वास रहेको उनले बताए । आधादर्जन चलचित्रमा पनि अभिनय गरेका उनी इटहरी स्थित एक संस्थामा रहेर प्रदेश नम्बर १ का युवाहरुलाई स्वरोजगारमूलक तालिम प्रदान गर्दै समाजिक अभियानमा समेत लागिरहेका छन् ।
बक्स अफिस इन्टनरनेशल ग्रुप प्रालिको आयोजनामा दोश्रो संस्करणको नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्ड २०१९को पोखराको लेकसाईडबाट साँगीतिक प्रभातफेरी सहित हलनचोकको फेवाकिनार स्थित अन्नपूर्ण गार्डेनमा यो अवार्डको उत्कृष्ट १० को मनोनयनलाई सम्मान गरिएको थियो । बरिष्ट सँगीतकार शम्भुजीत बासकोटाको विशेष आतिथ्यमा भएको सो कार्यक्रममा बाँसकोटा सहित सँगीतकारहरु सुरेश अधिकारी, महेश खड्का, बसन्त सापकोटा, चेतन सापकोटा, गायक यम बराललगायतका सँगीतकर्मीहरुको विशेष उपस्थिति रहेको थियो ।