Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

तमु ल्होसार गोल्डकप : इलाम र धरान भिडदै

तमु ल्होसार गोल्डकप : इलाम र धरान भिडदै

  • सन्देश सम्वाददाता
  • शनिबार, पौस १२ २०७६


तमु ल्होसार गोल्डकप : इलाम र धरान भिडदै

बिर्तामोड : ‘तमु ल्होसार गोल्डकप २०७६’ आज इलाम महिला फुटबल टिमले धरान महिला फुटबल टिमसँग प्रतिस्पर्धा गर्दैछ । बिर्तामोड फुटबल क्लबको आयोजनामा डोमलाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको उद्घाटन खेलमा कनकाई फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
मोरङ महिला फुटबल टिमलाई ३–१ गोल अन्तरले पराजित गर्दै कनकाई अघिल्लो चरणमा प्रवेश पाएको हो । खेलको २८ औ मिनेटमा मोरङकी गोलकिपर कल्पना क्षेत्रीको हातबाट फुत्किएको बललाई अनमार्क रहेकी खतिवडाले प्रतियोगिताको पहिलो गोल गरेकी थिइन् । उनको प्रहार दायाँ बारमा ठोक्किएर बलले जाली चुमेको थियो ।
६० औँ मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएकी थिइन् । ६८ औ मिनेटमा मोरङकी इमा राईले गोल अन्तर घटाइन् । इन्जुरी समयमा ममता राउतले कनकाईका लागी तेश्रो गोल गर्दै जित सुनिश्चित गराइन् । खेलको वुमन्स अफ दि म्याच २ गोलकर्ता कुसुम खतिवडा घोषित भइन् ।
खेलको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेलले महिलाहरु घरभित्र मात्र सीमित नरहेको र पुरुष जत्तिकै क्षमतावान रहेको बताइन् । महिला फुटबल हेरेपछि उनले भनिन्, ‘खेलको माध्यमबाट महिलाले पनि देशको नाम उच्च राख्न सक्नेछन् ।’ उनले डोमालाल राजवंशी रंगशालालाई कानुनी मान्यता दिलाउन सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार