देउमाई । इलामको माङ्सेबुङ र देउमाई नगरपालिका भएर बग्ने देउमाई खोलाको दायाँबाया धानखेती गरिन्छ ।

इलामको देउमाई नगरपालिका १ मा मुहान रहेको देउमाई खोलाको दायाबायाँ प्रायः खाध्यबालीको खेती गरिन्छ ।
देउमाई र माङ्सेबुङको सीमा क्षेत्रमा रहेको गजुरमुखी धाम क्षेत्र रहेकाले यो क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको छ ।

धाम, मकै र गहुँ जस्ता कृषिजन्य खेतीबाली हुने गजुरमुखी बेसी किसानहरुको मानो रोपेर मुरी उत्पादन गर्ने क्षेत्र रहेको छ ।
यो क्षेत्रमा माङ्सेबुङ र देउमाई नगरपालिकाका प्रायः किसानको बेसीमा खेतीबाली रहेको छ ।

मेचीराजमार्गको नेपालटारबाट १२ किलोमिटरको यात्रापछि देउमाई नगरपालिकाको केन्द्र रहेको मंगलबारे पुगिन्छ भने त्यहाँबाट गजुरमुखी बेसी पुग्न १० किलोमिटर बढी यात्रा गर्नुपर्छ ।
यात्राका क्रममा देउमाई र माङ्सेबुङ गाउँपालिकाका अग्ला थुम्काबाट देखिएको दृश्य ।